प्रदेश अस्पतालमा विशेषज्ञ सेवा

प्रदेश अस्पतालमा विशेषज्ञ सेवा

सुर्खेत : कुनैबेला प्रदेश अस्पतालले दिने सेवामा विरामीले विश्वास नै नगर्ने अवस्था थियो। सामान्य रोगका विरामीलाई पनि अस्पताले बाहिर रिफर गरिदिन्थ्यो। तर हिजोआज अस्पतालको मुहार फेरिएको छ भने सेवामा पनि सुधार आएको छ। भौतिक संरचना विस्तारसँगै अस्पतालले विशेषज्ञ उपचार पनि प्रदान गर्न थालेको हो।

प्रदेश सरकार मातहतमा आएपछि प्रदेश अस्पतालमा अत्याधुनिक उपकरण, मेसिन र औजारहरु भित्रिएका छन्। साथै अस्पतालमा थप विशेषज्ञ चिकित्सकहरु पनि उपलब्ध भएका छन्। योसँगै अस्पतालमा विरामीको उपचारमा सहज भएको छ। हाल केही जटिल प्रकृतिका रोगको उपचार थालेको अस्पतालले कर्णालीमा पहिलो पटक जटिल मानिने शल्यक्रियामा पनि सफलता प्राप्त गरेको छ। 

विगतमा सामान्य आईसीयू र भेन्टिलेटर सुविधासमेत नभएको यो अस्पतालमा अहिले जटिल उपचार सुरु भएको हो। हाल अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट, सीटी स्क्यान, अप्रेशन बिनै पत्थरीको उपचार गर्ने अध्याधुनिक मेसिन पनि उपलब्ध छन्। प्रदेश अस्पतालले उपलब्ध प्रविधि र उपकरणको सहायताबाटै मेरुदण्डको शल्यक्रियामा सफलता प्राप्त गरेको छ। 

हालै न्यूरो सर्जरी सेवाको सुरुवात गरेको अस्पतालले दिमागमा पानी जमेको, रगत जमेको, घाँटी र मेरुदण्डको जटिल मानिने शल्यक्रिया पनि सुरु गरेको छ । यसबाट अब जटिल उपचार कर्णालीमै सम्भव छ भन्ने सन्देश अस्पतालले दिएको छ।

अस्पतालका न्यूरो सर्जन डाक्टर निलम खड्काले हालसम्म टाउको, घाँटी र मेरुदण्डको गरी २५ वटा शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको बताए। उनले भने,‘यो सेवा सुरु भएको धेरै भएको छैन, तर हामीले जटिल खालका शल्यक्रिया पनि गरेका छौं। कर्णालीका लागि यो उपचार नयाँ हो, अब यस्ता रोगका उपचारका लागि बाहिर जानु पदैन।’ अब कर्णालीमै जटिल शल्यक्रिया सम्भव भएको उनको भनाइ छ। हाल अस्पतालमा विशेषज्ञ चिकित्सक उपलब्ध भएको, आईसीयू, भेन्टिलेटर लगायतका उपकरण र अक्सिजनको व्यवस्थापन भएको अस्पतालले जनाएको छ। 

विशेषज्ञ सेवा थप्ने क्रममा प्रदेश अस्पतालले आँखा सम्बन्धि उपचार सेवा पनि सुरु गर्ने तयारी छ। आँखा सम्बन्धि उपचारका लागि विशेषज्ञ चिकित्सक उपलब्ध भइसकेको अस्पतालले जनाएको छ। यसका लागि आवश्यक पर्ने उपकरण खरिद प्रक्रियामा रहेको र चाँडै उपलब्ध हुने अस्पतालको भनाइ छ। अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले चाँडै अस्पतालले आँखा उपचार सेवा दिने बताए। उनका अनुसार अस्पतालमा हाल नाक, कान र घाँटीको पनि सहज रुपमा उपचार भइरहेको छ। 

अस्पतालमा हाल ६० जना विशेषज्ञ डाक्टर रहेको भन्दै उनले अस्पतालले २४ सै घण्टा शल्यक्रिया सेवा सुरु गरेको बताए। अहिले जटिल खालका रोगको उपचार सुर्खेतमै सम्भव भएको भन्दै उनले अब विरामीलाई ठूलो रकम खर्च गरेर उपचारका लागि नेपालगञ्ज र काठमाडौं जानुपर्ने अवस्था नरहेको बताए। कुनैबेला यो अस्पतालमा विरामीले सहज रुपमा अक्सिजन नै नपाउने समस्या थियो। त्यसमा पनि कारोना महामारीको बेलामा संक्रमितले अक्सिजनका लागि हानथाप नै गरे। तर अब अस्पतालले भने अक्सिजनको सहज व्यवस्थापन सुरु गरेको छ। 

अस्पतालले आफ्नै लगानी र दाताको सहयोगमा अक्सिजन प्लान्टहरु थप गरेर उत्पादनको तयारी थालेको छ। जसअनुसार हाल केही वेडमा पाइपलाइनबाटै अक्सिजन आपूर्ति भइरहेको भन्दै अस्पतालले चाँडै सबै बेडमा अक्सिजन सहज रुपमा उपलब्ध हुने जनाएको छ। 

अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले भने,‘हामी थप प्लान्ट सञ्चालनको तयारीमा छौं, अब विरामीले अक्सिजनको सिलिण्डर खोज्नुपर्ने अवस्था आउने छैन। हामी दशैंअघि नै पाइपलाइनबाटै हरेक बेडमा अक्सिजन आपूर्ति हुने व्यवस्था गर्दैछौं।’ सेवा र सुविधा विस्तार भएपछि अस्पतालमा विरामीको चाप पनि बढेको छ।
    
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.