सुवानी भन्छिन्, 'संगीत क्षेत्रमा नै अगाडि बढ्छु'

सुवानी भन्छिन्, 'संगीत क्षेत्रमा नै अगाडि बढ्छु'

काठमाडौं : नेपाल आइडलको चौथो संस्करणको निर्णायकमा सुवानी मोक्तान भित्रिएकी छन्। नेपाली टेलिभिजन इतिहासकै सबैभन्दा ठूलो र सफल गायन रियालिटी सो नेपाल आइडलले सिजन फोरका लागि नयाँ निर्णायक भित्राएको हो। उनले नेपाल आइडल परिवारको सदस्य भएर काम गर्ने अवसर पाएकोमा खुसि व्यक्त गरेकी छन्। उनले किनारामा, माया हो की माया जस्तै लगायतका दर्जनौं गीतहरुमा स्वर भरेकी छन्।  

सुवानीसँग अन्नपूर्ण पोस्टले गरेको कुराकानी।

अहिले के मा व्यस्त हुनुहुन्छ ? 

नेपाल आइडलको तयारीमा छु। 

नेपाल आइडलमा निर्णायकको रुपमा हुँदा कत्तिको खुशी हुनुहुन्छ?

धेरै खुशी छु। काम गर्न आतुर छु। काममा अब लगनशिल भएर लाग्नेछु। 

आमाबाबुकै पदमा लाग्नुभएको छ। करकापले हो कि आफ्नै रहरले गायिका बन्नुभएको?

म आफ्नै रहरले गायिका बनेको हो। मलाई सानैदेखी गायन क्षेत्रमा रुची थियो। 

गायिकाबाहेक अरु केही थिएन लक्ष्य?

मलाई विजनेशतिर रुचि थियो। सरकारी जागिर खान सक्ने योग्यता थियो। तर यसैमा आनन्द लाग्ने भएकोले यसलाई बढी प्राथमिकता दिइयो। 

तपाईलाई आफ्नो कुन गीत मनपर्छ?

मलाई आफ्नो सबै गीत मनपर्छ। सबै गीतमा मेहेनत गरेको भएर मलाई सबै राम्रो लाग्छ।

तपाईले सुरुमा गाउनुभएको गीत कुन हो?

मेरो पहिलो गीत 'सिनारामा' हो । 

पछिल्लो नयाँ एल्बम के निकाल्नुभएको छ?

पछिल्लो समय मैले कुनै एल्बम निकालेको छैन। 

अबको योजना के छ तपाईको?

यस्तै संगीत क्षेत्रमा रहेर कामलाई अघि बढाउने योजना छ। 

मम्मीको कुन गीत मनपर्छ?

मलाई मम्मीले गाउनुभएको सबै गीत मनपर्छ।

तपाईलाई सबैभन्दा बढी कुन गायक/गायिका मनपर्छ?

गायकमा सुगम पोखरेल र गायिकामा मलाई मम्मी नै मनपर्छ।

महामारीको समयमा तपाईको दिन कसरी बित्यो?

प्रोग्रामहरु चाँही भएको थिएन। बाहिरको प्रोजेक्टहरुमा काम गरियो। अलि अलि गीतहरु रेर्कड गरियो। दिनहरु त्यसरी नै बित्यो। 

अब कुन एल्बम निकाल्ने तयारीमा हुनुहुन्छ?

अब मंसिरमा गीत रेर्कड हुँदैछ । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.