आँधीमुहानमा राखिएका  ८ वटा स्टिमर पुरिए

आँधीमुहानमा राखिएका  ८ वटा स्टिमर पुरिए

स्याङ्जा : कालीगण्डकी गाउँपालिका ७ स्थित आँधीदोभानमा राखिएका ८ वटा स्टिमर पुरिएको छ। कालीगण्डकी जल यातायात प्रा.लि. अन्तरगत सञ्चालित ती स्टिमर गएराती झरेको पहिराका कारण पुरिएको अध्यक्ष डोलराज भट्टराइले जानकारी दिए।

स्टिमर पुरिएको खबर पाएपछि घटनास्थल पुगेको उनले बताएका छन्। उनका अनुसार पुरिएका स्टिमरमा पूर्ण क्षति भएको छ। कोरोना र वर्षात्का कारण स्टिमर सेवा बन्द थिए। 

आज-भोलीमै स्टिमर सञ्चालन गर्ने भनी सरसफाइ र मर्मतको तयारी पूरा भएको अवस्थामा गएराती झरेको पहिराले स्टिमर पुरेपछि स्टिमर सञ्चालक चिन्तामा परेका छन्।

४ दिनअघि वर्षात् भए पनि २ दिनअघिदेखि चर्को घाम लागेको थियो। गएराती एक्कासी पहिरो झरेर लाखौं मूल्य बराबरको स्टिमर पूर्ण क्षति बनाएको उनको भनाइ छ। 

कालीगण्डकी ए विद्युत उत्पादनका लागि निर्मित कृत्रिम तालमा स्टिर संचालन गरिंदै आएको थियो। २०६० देखि स्टिमर सेवा सञ्चालन गरिएको हो। यहाँ साना र ठूला गरी १० वटा स्टिमर सहित २ वटा माउण्ट मकालु नामक पानीजहाज छन्।

जलयातायात सेवा स्याङ्जा, पर्वत र गुल्मीमा केही वडाबासीको भरपर्दो, छिटो छरितो र सहज मार्ग हो।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.