युरोपियन युनियन राजदूत नोना डिप्रेज मुस्ताङमा

युरोपियन युनियन राजदूत नोना डिप्रेज मुस्ताङमा

जोमसोम : नेपालका लागि युरोपियन युनियन राजदूत नोना डिप्रेज सोमबार पोखराहुँदै हिमालपारीको जिल्ला मुस्ताङ आइपुगेकी छ्न् । उनीसँगै युरोपियन युनियनका बरिष्ठ कार्यक्रम संयोजक मिम हमाल र इन्टनेशनल ट्रेड सेन्टर ( आइटिसी) बिदुर घिमिरेको तीन सदस्यीय टोली मुस्ताङ आइपुगेको हो ।

जलवायु परिवर्तनको असर न्युनिकरण तथा वातावरणीय क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले मुस्ताङमा भइरहेको पश्मिना क्षेत्रको कार्यक्रम तथा पश्मिना प्रर्वद्धनको सम्भावना,चुनौतीलगायतका विषयमा स्थलगत अनुगमन, अवलोकन गर्न टोली मुस्ताङ आएको जनाइएको छ ।

टोलीले पोखराबाट मुस्ताङ आउने क्रममा थासाङ गापा-३ लेतेमा रहेको धौलागिरि प्राविधिक शिक्षालयको अवलोकन गरेको छ भने घरपझोङ-२ मार्फास्थित शितोष्ण बागवानी कृषि फार्मको सोमबार अवलोकन गरेको वरिष्ठ कार्यक्रम संयोजक मिम हमालले जानकारी दिए।

उनका अनुसार टोली मुस्ताङमा पशुपालन तथा पश्मिना उद्योग प्रर्वद्धनका लागि स्थानीय स्तरमा सरोकारवाला निकायसँग अन्तरक्रिया गर्ने जनाएको छ । युरोपियन युनियनले लामो समयदेखि धौलागिरि प्राविधिक शिक्षालयमा दक्ष जनशक्ति उत्पादनका लागि पर्यटन र शितोष्ण बागवानी विकास केन्द्र मार्फामा कृषि क्षेत्रको विकासका लागि सरकारमार्फत लगानी गर्दै आइरहेको छ।

मुस्ताङमा पश्मिना क्षेत्रको दिगो विकास तथा यहाँका स्थानीयको आयआर्जन स्रोत अभिवृद्धि गर्ने उद्देश्यले युरोपियन युनियनको टोली मुस्ताङ आएको हो ।
युरोपियन युनियनका राजदुत नोना डिप्रेजसहितको टोलीले मुस्ताङमा पश्मिनाक्षेत्रमा भइरहेका कार्यक्रम तथा विभिन्न विषयमा मुस्ताङका पत्रकारसँग छलफल तथा अन्तरक्रिया गरेको छ।

सामूहिक तस्बिर खिचाउँदै राजदूत डिप्रेज । तस्बिर : सुन्दरकुमार थकाली

सो अवसरमा मुस्ताङका पत्रकारहरुले राखेको जिज्ञासालाई सम्बोधन गर्दै राजदूत डिप्रेजले युरोपियन युनियनले नेपालमा सरकारसँग सहकार्य गर्दै विगत २० वर्षदेखि कृषि,पोषण,खाद्य सुरक्षा, वन,शिक्षा,स्वास्थ्य ,कृषि पर्यटन,पुननिर्माण र आयआर्जन लगायतको दिगो विकासमा विभिन्न कार्यक्रम गर्दै आइरहेको जानकारी दिइन् ।

उनले आफू युरोपियन युनियनको राजदूत भइसकेपछि भइरहेका कार्यक्रमको समिक्षा र अवलोकन गर्नेतर्फ जोड दिएको उल्लेख गरिन् ।उनले भनिन् ' मुस्ताङमा मेरो यो नितान्त प्रोजेक्ट भिजिट हो । मुस्ताङमा पहिलो पटक आएकी हुँ । यहाँको सुन्दर वातावरण र यहाँको भौगोलिक सुन्दरताले मोहित तुल्यायो ।’

राजदूत डिप्रेजले अन्तराष्ट्रिय ट्रेडसँग मिलेर कसरी पश्मिना क्षेत्रमा कार्यक्रम र त्यसको अनुगमन र बुझ्न मुस्ताङ आइपुगेको खुलाइन् । उनले युरोपियन युनियनले नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्ने गरेको त्यसको कार्यान्वयन नेपाल सरकारले गर्ने गरेको बताइन् । 

संघीयतापछि नेपालमा ३ तहको सरकार निर्माण भएको र सबै तहसँग कसरी कार्यक्रमहरुको तालमेल र सहकार्य भइरहेको छ भन्ने तथ्यबारे अनुगमन गर्ने मुख्य उद्देश्य रहेको राजदूत डिप्रेजले प्रष्ट पारिन् ।

पत्रकारले सोधेको प्रश्नमा राजदूत डिप्रेजले युरोपियन युनियनले नेपालमा के गर्छ भन्ने जानकारी दिने र स्थानीय स्तरमा जनचेतना अभिवृद्धि गर्ने विभिन्न जिल्लाहरुमा अवलोकन भ्रमण गर्ने गरेको जनाइन् । नेपालमा कृषि विकास रणनीति ( एडिएस¬)त्यसको कार्यान्वयन गर्ने निकाय भएको उनले उल्लेख गरिन् ।

राजदूत डिप्रेजले नेपालमा कसरी पारस्परिक सहयोग तथा सद्भाव कायम गरी दिगो विकास तथा समुत्थान गर्ने भन्ने विषयमा नेपाल सरकार,विभिन्न साझेदारी संस्था र युरोपियन युनियनले गत हप्ता घोषणापत्रमा हस्ताक्षर गरिसकेको जानकारी दिइन् । 

नेपालमा भइरहेका विकासका कार्यक्रमलाई दिगो रुपमा स्थापित गर्न रेजिलियसन इन्क्लुसीप डेभलमेन्ट (ग्रीड) अन्तर्गत कृषिक्षेत्रलाई आधार बनाएर ७ बिलियन अर्थात ८ खर्बको लगानी हुने जनाइन् 

।यसका लागि नेपालमा सन् २०२१ देखि सन् २०२७ सम्मको रणनीति निर्माण भइरहेको राजदुत डिप्रेजको भनाइ छ । युरोपियन युनियनले कार्यक्रम लागु भएको ७ वर्षभित्र कुन कुन क्षेत्रमा सहयोग/सद्भाव बढाउन सकिन्छ र त्यस्ता कार्यक्रमहरुमा मोडालिटी तयार भइरहेको समेत उल्लेख गरिन् ।

उनले बतावरण प्रतिकुल नहुने गरी दिगो विकासका कार्यक्रम गर्ने लक्ष्य रहेको पत्रकारहरुलाई राजदुत डिप्रेजले जानकारी दिइन् । सो अवसरमा राजदूत डिप्रेज समक्ष पत्रकारहरुले मुस्ताङमा जलवायु परिवर्तनको प्रभाव ,अनुकुलन र मुस्ताङमा शिक्षा ,स्वास्थ्य र  कृषि क्षेत्रमा परेका समस्या र चुनौतीलगायतका विषयमा ध्यानआर्कष गराएका थिए । 

पत्रकारहरुको प्रश्नमा राजदूत डिप्रेजले वातावरणीय प्रभावमा नेपालको असर कम भएको तर त्यसको क्षति नेपालले बढी मात्रामा थेग्न परेकाले वातावरण संरक्षणका लागि दिगो विकास गर्नुपर्नेमा जोड दिइन् ।

कृषि ,पशुपालन र पर्यटनको प्रचुर सम्भावना रहेका हिमाली जिल्ला मुस्ताङमा पश्मिनाक्षेत्रको विकास तथा प्रर्वद्धन र भइरहेका कार्यक्रमको अनुगमन गर्न बुधबार टोलीले घरपझोङ गाप जोमसोममा मुस्ताङ ,च्यांग्रा तथा पश्मिना कृषक संघ र मुस्ताङका महिला उद्यमी टोलीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको इन्टनेशनल ट्रेड सेन्टर (आइटिसी) बिदुर घिमिरले जानकारी दिए ।

उनका अनुसार राजदूत डिप्रेजले उपल्लो मुस्ताङका विभिन्न पशुपालक कृषक समुह तथा लोघेकर दामोदरकुण्ड गापाका जनप्रतिनिधि र लोमान्थाङ गापाका जनप्रतिनिधिसँग भेट गर्ने कार्यक्रम रहेको उनले बताए। राजदूत डिप्रेज उपल्लो मुस्ताङको विभिन्न कार्यक्रमको अवलोकन तथा अन्तरक्रिया गरी अक्टुबर १ तारिखमा फर्किने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.