विपद् व्यवस्थापन सिकाई केन्द्र स्थापना

विपद् व्यवस्थापन सिकाई केन्द्र स्थापना

दैलेख : जिल्लाका दुई वटा स्थानीय तहमा विपद् व्यवस्थापन तथा जलवायू परिवर्तन अनुकुलन सिकाई केन्द्र स्थापना भएको छ। दुल्लु नगरपालिका र आठबीस नगरपालिकामा केन्द्र स्थापना गरिएको हो। सोसेक नेपालको सहयोगमा केन्द्र स्थापना भएको हो। आठबीसमा मेयर खड्गराज उपाध्याय र दुल्लुमा मेयर घनश्याम भण्डारीको उपस्थितीमा केन्द्र उद्घाटन गरिएको छ। जलवायू परिवर्तन र विपद् व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उदेश्यले केन्द्र स्थापना गरिएको सोसेकका उप-कार्यकारी निर्देशक बसन्त श्रेष्ठले जानकारी दिए।

केन्द्रमार्फत समुदायस्तरका कृषक तथा कृषक समुहले जलवायू परिवर्तन अनुकुलनका उपायहरुलाई प्रचार-प्रसारमा समेत टेवा पुर्याउने श्रेष्ठले बताए। विपद् व्यवस्थापन तथा जलवायू परिवर्तन अनुकुलन सिकाई केन्द्र स्थापना लागि सामग्रीहरु समेत दिईएको छ। सामग्रीहरुले विपद् व्यवस्थापनसँगै खोज तथा उद्धारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

श्रेष्ठका अनुसार दुल्लु नगरपालिकामा स्थापना गरिएको सिकाई केन्द्रका लागि दश थान लाइफ ज्याकेट, दश थान डोरी, पाँच थान क्यालाबेरिया, सात वटा वाटरप्रुफ टेन्ट, २० थान पाल, ३० थान रवर टेवल, चार थान कटिङ पिलास प्रदान गरिएको छ। यस्तै एक थान चेनस, पाँच थान हाते आरा, तीन थान प्राथमिक उपचार बासक, २० थान स्टेचर, तीन-तीन थान मेगा लाइट र फोन, ४० थान हेल्मेट, ६ जोर पञ्जा, चार थान फायर एस्टीड गिसर, एक थान भर्याङ,  २० थान गैटी, १५ थान कोदालो, २० थान सब्बल, २० थान बेल्चा, १० थान स्टील बाल्टिन केन्द्रलाई हस्तान्तरण गरिएको छ।

यसैगरी एक थान टेबल, १५ थान पलाष्टिक कुर्ची, एक थान रिभल्बीङ कुर्ची, ३५ मिटर जुट कार्पेट तथा एक-एक थान ल्यापटप, प्रिन्टर र एक थान मल्टिमिडीया समेत प्रदान गरिएको बताईएको छ।

आठबीस नगरपालिकामा स्थापना भएको केन्द्रका लागि १५ थान लाइफ ज्याकेट, दश थान डोरी, पाँच थान क्यालाबेरिया, सात वटा वाटरप्रुफ टेन्ट, २० थान पाल, ३० थान रवर टेवल, चार थान कटिङ पिलास प्रदान गरिएको छ। यस्तै एक थान चेनस, पाँच थान हाते आरा, तीन थान प्राथमिक उपचार बासक, २० थान स्टेचर, तीन-तीन थान मेगा लाइट र फोन, ४० थान हेल्मेट, ६ जोर पञ्जा, चार थान फायर एस्टीड गिसर, एक थान भर्याङ,  २० थान गैटी,  १५ थान कोदालो, २० थान सब्बल, २० थान बेल्चा, दश थान स्टील बाल्टिन केन्द्रलाई हस्तान्तरण गरिएको छ। 

यसैगरी एक थान टेबल, १५ थान पलाष्टिक कुर्ची, एक थान रिभल्बीङ कुर्ची, २० मिटर जुट कार्पेट, एक थान रेस्क्यू बोट, तथा एक-एक थान ल्यापटप, प्रिन्टर र एक थान मल्टिमिडीया समेत प्रदान गरिएको बताईएको छ ।

केन्द्र स्थापना भएका दुल्लु र आठबीस नगरपालिकामा यूरोपियन यूनियनको आर्थिक सहयोग तथा सोसेक नेपाल, डिसिए नेपाल, लिवर्ड, एनएनएसडब्लुएको कन्सोर्टियम पार्टनरसिपमा जलवायु समानुकुलन र आर्थिक समृद्धिका लागि समावेशी नागरिक समाज संघ संस्थाहरुको क्षमता अभिवृद्धि (उत्थान) परियोजना सञ्चालित छ। 

विपद् व्यवस्थापन समितिलाई सामग्री 

जिल्लाका ११ वटै स्थानीय तहमा विपद् व्यवस्थापन, खोज तथा उद्धारमा सहयोग पुगोस् भन्ने उदेश्यले जिल्ला विपद् व्यवस्थापन समितिलाई समेत सामग्र्री सहयोग गरिएको छ। दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटालाई सामग्री हस्तान्तरण गरिएको छ। विपद् व्यवस्थापन समितिलाई १२ थान लाइफ ज्याकेट, दश थान डोरी, पाँच थान क्यालाबेरिया, पाँच वटा वाटरप्रुफ टेन्ट, दश थान पाल, १४ थान रवर ट्युब, दुई थान कटिङ पिलास प्रदान गरिएको छ। 

यस्तै एक थान चेनस, पाँच थान हाते आरा, दुई थान प्राथमिक उपचार बासक, दश थान स्टेचर, तीन-तीन थान मेगा लाइट र फोन,  २० थान हेल्मेट, ६ जोर पञ्जा, चार थान फायर एस्टीड गिसर, एक थान भर्याङ, दश थान गैटी, दश थान कोदालो, दश थान सब्बल, दश थान बेल्चा, नौ थान स्टील बाल्टिन र एक रेस्क्यू बोट समितिलाई हस्तान्तरण गरिएको छ। 

समितिले उक्त सामग्रीहरु विपद् व्यवस्थापन तथा खोज तथा उद्धारमा खटिने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई उपलब्ध गराएको छ । विपद् व्यवस्थापन तथा जलवायू परिवर्तन अनुकुलन सिकाई केन्द्र र जिल्ला विपद् व्यवस्थापन समितिका लागि झण्डै २५ लाख बराबरको सामग्री उपलब्ध गराईएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.