व्यवसायीलाई कुटपिट गर्ने चार जना पक्राउ

व्यवसायीलाई कुटपिट गर्ने चार जना पक्राउ

सिरहा : सिरहाको लहान नगरपालिका ५ स्थित नयाँ बजारका गिलेसन कोठा खाली गराउने क्रममा व्यवसायीलाई कुटपिट गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही वडाका सञ्जय साह, संतोष पंडित, लक्ष्मी पासमान र इसराइल सिद्धिकी रहेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी डाक्टर तपनकुमार दाहालले जानकारी गराए। उनीहरुमा बुधबार अभद्र व्यवहारको मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद थप गरिएको उनले बताए। पक्राउ परेकाहरु मेयर मुनि साहको समर्थकहरु हुन्।

नयाँ बजारको पुरानो १० वटा गिलेसन कोठा मंगलबार नगरपालिकाले बल प्रयोग गरी खाली गराएको थियो। जेसिबी लगाएर कोठाहरु भत्काएपछि व्यवसायीको सरसामान पनि बाहिर निकाल्न पाएका थिएनन्। सरसामान बचाउने क्रममा नगर प्रहरी र व्यवसायीबीच घम्साघम्सी भएको थियो। सोही मौकामा आरोपितले व्यवसायीलाई लठ्ठीले कुटपिट गरेको व्यवसायीहरुको आरोप छ। 

कुटपिटको केही भिडियो सार्वजानिक भएका छन्। जसमा नगर प्रहरीसहित मेयर साहको चालक, स्वकीय सचिव, नगरपालिकाका कर्मचारीहरु पनि लठ्ठीले व्यवसायीलाई हिर्काएको देखिएको छ। कुटपिटबाट घाइते भएका उपचारपछि घर फर्किएका छन्।  

के हो विवाद ? 

नयाँ बजारका गिलेसन कोठाहरु पुरानो भइसकेको छ। त्यहाँ ९१ परिवारले विभिन्न व्यवसाय गरिरहेका छन्। ती कोठा भत्काएर नगरपालिकाले नयाँ भवन बनाउने योजना बनाएको छ। स्थानीय व्यवसायी, राजनीतिक दल, नगरपालिका र स्थानीय प्रशासनबीच अस्थायी टहरा बनाएर व्यवसायीलाई १०-१० जना गरी सार्ने र त्यसपछि पुरानो संरचना भत्काउने निर्णय भएको थियो।

नगरपालिकाले अस्थायी टहरा नबनाउँदै भत्काउन पटक-पटक दबाब दिँदै आएका थिए। व्यवसायीले खाली गर्न नमानेपछि मंगलबार पुरानो संरचनाको छेउमै मेयर मुनि साहले अस्थायी संरचना बनाउने कार्यको शिल्यानाश गरे। शिल्यानाश गरेको केही छिनमै व्यवसायीहरुको पसलमा जेसिबी लगाएर नगर प्रहरी र मेयरका समर्थकले भत्काउन थाले।

घर टहरा खाली गराउने नाममा मेयर साहले गुण्डा लगाएर पसल तोडफोड र कुटपिट गरेकोमा जिल्ला उद्योग वाणिज्य संघले भर्त्र्सना गरेको छ। संघका महासचिव अब्दुल करिमले विज्ञप्ती जारी गरी नगरपालिकाले आफ्नै निर्णय अनुसार काम नगरी व्यवसायीमाथि मेयर साहको निर्देशनमा कुटपिट भएको आरोप लगाएका छन्। उनले व्यवसायीमाथि कुटपिट गर्नेलाई कानून अनुसार कारवाही गर्न प्रशासनसँग आग्रह गरेका छन्।

‘विकास गर्ने योजनाको हामी विरोधी होइनौं तर विकासको नाममा व्यवसायीलाई अनावश्यक दुःख दिने काम भइरहेको छ। गुण्डा लगाएर कुटपिट भएको छ,’ नेपाली कांग्रेसका नगरसभापति सुनिलकुमार महतोले भने,‘घटनामा संग्लन गुण्डाहरुलाई कारवाही हुनैपर्छ।’ सबै पक्षबाट भएको निर्णय अनुसार नगरपालिकाले काम अगाडि बढाउनुपर्ने उनले सुनाए। अस्थायी संरचना नबनाउँदै भत्काउने कार्य व्यवसायीलाई धाक धम्कीले लखेट्ने काम भएको उनको भनाइ छ।   

नगरपालिकाका प्रवक्ता तथा वडाअध्यक्ष राजकुमार साहले घर टहरा खाली गराउने क्रममा केही व्यक्ति घाइते भएका घटनामा निर्दोष व्यक्तिलाई पक्राउ गरेको दाबी गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.