रुपचन्द्रको संघर्ष राजनीतिमा आधारित 'रुदाने'
काठमाडौं : विद्रोही नेता रुपचन्द्र विष्टको राजनीति जीवनमा आधारित नेपाली चलचित्र 'रुदाने'को टिजर सार्वजनिक भएको छ। 'थाहा' आन्दोलनका अभियान्ता रुपचन्द्रको विद्रोह राजनीतिको बारेमा 'रुदाने' फिल्मको टिजर बुधबार सार्वजनिक भएको हो।
रुपचन्द्र रुप्चन, रुदाने, स्वरुपे जस्ता नामबाट पनि परिचित छन्। रुको अर्थ रुप, दाको अर्थ दामान र नेको अर्थ नेपाल हो।
फिल्ममा रुपचन्द्रको संघर्षमय राजनीति जीवनको बारेमा देखाउन खोजिएको छ। कलाकार दिव्यदेव रुपचन्द्रको भूमिकाको रुपमा मुख्य पात्रमा रहेका छन्। जसमा रुपचन्द्रले युवा अवस्थादेखी गरेको विद्रोह राजनीति र संघर्षमय जीवनीको बारेमा फिल्ममा दर्साउन खोजिएको छ।
फिल्ममा नम्रता श्रेष्ठ, रवि गिरी, सुभास गजुरेल, अम्बेर सुवेदी लगायतका कलाकारहरुको अभिनय रहेको छ। यस्तै फिल्ममा अमित किशोर सुवेदी र विकास ढकालको अनुसन्धान, लेखन र निर्देशन रहेको छ भने कार्यकारी निर्मातामा जागृत रायमाझी छन्। फिल्मको सहनिर्मातामा भानुभक्त थापा, पदमकेशर कटुवाल र सहदेव प्रसाद सापकोटा रहेका छन्। फिल्मको निर्माण दावनल क्रियसनले गरेको छ।
त्यसैगरी फिल्ममा शान्ता राओको छायाङ्कन र निमेश श्रेष्ठको सम्पादन रहेको छ।
'थाहा' नेपाली छाप्राहरूमा पुगेको पहिलो दार्शनिक आन्दोलन थियो। यस आन्दोलनको सबैभन्दा महत्वपूर्ण विशेषता भनेको यसमा कुनै पनि प्रकारको सैद्धान्तिक क्लिष्टता या अस्पष्टता थिएन। रुपचन्द्रले विसं ०२९-३० थाहा आन्दोलन सुरु गरेका थिए।