बारेकोटमा पढ्दा पढ्दै विद्यालय भत्कियो : ९ विद्यार्थी घाइते

बारेकोटमा पढ्दा पढ्दै विद्यालय भत्कियो : ९ विद्यार्थी घाइते

जाजरकोट : पठनपाठन चलिरहेको बेलामा विद्यालय भवन भत्किंदा बारेकोटको एक विद्यालयका विद्यार्थी घाइते भएका छन्। बारेकोट गाँउपालिका २ लिम्सा स्थित विरेन्द्र प्राथमिक विद्यालयमा अध्ययनरत नौ जना विद्यार्थी घाइते भएका हुन्। 

बालविकास कक्षा सञ्चालन हुँदै आएको भवनको भित्ता शुक्रबार दिउँसो पढाइरहेको अवस्थामा एक्कासी भत्किएपछि भागदौडको क्रममा विद्यार्थी घाइते भएको शिक्षक कालीप्रसाद थापाले बताए। कोठाको भित्ता भत्किएपछि बालकक्षामा अध्ययनरत हिम्मत सिंह, स्मृति शाही, दिप्सन नेपाली, विजया शाही, अतिथ नेपाली, अनिशा शाही लगायतका नौ जना विद्यार्थी घाइते भएका छन्। 

उनीहरुको आधारभूत अस्पताल लिम्सामा उपचार भैरहेको छ। घाइते मध्ये ५ जना सामान्य रहेको र ४  जना गम्भीर रहेको जिल्ला प्रहरी प्रमुख डिएस्पी मधुकुमार थापाले बताए। तत्काल अन्य विद्यार्थी, शिक्षक र प्रहरीले घाइते विद्यार्थीको उद्दार गरेर अस्पताल पुर्‍याएका थिए। जीर्ण चुहिने भवनमा बिहीबार धेरै पानी परेको र शुक्रबार घामले तातिएपछि भत्किएको प्रहरीको अनुमान छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.