प्रकाश र आँचलको 'बेरुवाको औंठी'

काठमाडौं : लोकप्रिय गायक प्रकाश सपुत र नायिका आँचल शर्माको अभिनय रहेको ‘बेरुवाको औंठी’ म्युजिक भिडियो सार्वजनिक भएको छ। मेलिना राई र लोक पौडेलको स्वर रहेको गीत शुक्रबार सार्वजनिक भएको हो।
दिपक शर्माको शब्द, संगीत रहेको गीतलाई नरेन्द्र वियोगीले संगीत संयोजन गरेका छन्। अनिल के मानन्धरले छायांकन गरेको भिडियोमा रुजु शर्मा र अनिल आचार्यको समेत अभिनय देख्न सकिन्छ।
भिडियोमा पुजा दर्नाल र उज्ज्वल गज्मेलको कोरियोग्राफी रहेको छ भने भिडियोलाई विष्णु खड्काको सम्पादन गरेका छन्। राज खड्काको निर्देशनमा तयार पारिएको उक्त गीत मिरा मोशन पिक्चर्सको आधिकारिक च्यानल मार्फत सार्वजनिक भएको हो।
प्रतिक्रिया दिनुहोस !
