४  वर्षीय छोरो बोकेर नेपाल आइडलको अडिसनमा

४  वर्षीय छोरो बोकेर नेपाल आइडलको अडिसनमा

नेपालगन्ज : अमृता सार्कीको घर कैलाली हो। उनी भारतको बेङ्लौरमा बस्छिन्। नेपाल आइडल सिजन–४ को डिजिटल अडिसनमा छनोट भएपछि उनी भारतबाट चार दिनको यात्रा गरेर शनिबार नेपालगन्जको जज अडिसनमा सहभागी भइन्। त्यो पनि चार वर्षको छोरो बोकेर। गीतसंगीतप्रति उनको लगाव देखेर नेपाल आइडलका जजहरुले तारिफ गरे। 

त्यसो त, नेपालगन्जको चार तारे होटल ‘सिद्धार्थ भू’लगायतका स्टार होटलमा शुक्रबार आयोजना गरिने सांगितिक कार्यक्रममा व्यवसायिक रुपमा गीत गाउने नेपालगन्ज उमहानगरपालिका–१२ कोरियनपुरका क्रिस्टोफर पुनलाई पनि नेपाल आइडल गृह जिल्लाको अडिसन अवसर बन्यो। ‘लोकबाहेकका सबै गीत गाउँछु’, उनी भन्छन्, ‘होटलका कार्यक्रममा प्रायः मेलोडी, स्लो मेलोडी गीत नै गाइन्छ। पप पनि गाउँछु। दर्शकको माग र डिमान्ड अनुसारकै गीत गाउँछु।’ 

नेपाल आइडलको चारै सिजनमा सहभागिता जनाउनेहरु पनि यो अडिसनमा भेटिए। नेपालगन्जकी रविना तिवारीले पहिलोदेखि चौथो अडिसन छुटाइनन्। कोहलपुरका अर्जुन पुन मगर पनि पहिलो र चौथो अडिसनमा सहभागी भए।  

नेपाली टेलिभिजन इतिहासकै ठूलो फ्रेन्चाइज गायन रियालिटी शो ‘नेपाल आइडल सिजन–४’ को नेपालगन्ज जज अडिसन उत्साहजनक बन्यो। नेपालगन्ज–१८ कारकाँदोस्थित होटल स्टारलाइटमा शनिबार बिहान १० बजेदेखि सुरु भएर आइतबार बिहान ३ बजेसम्म छनोट जारी रह्यो।  नेपाल आइडल प्रोजेक्ट हेड तथा निर्देशक सुरेश पौडेलका अनुसार नेपालगन्ज अडिसनबाट १८ जना छनोट भएका छन्। बाँकेका २ जना छन्। 

यसअघि डिजिटल अडिसनमा छनौटमा परेर जज अडिसन दिन आएका लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका ८० जना प्रतिभाहरुको सहभागिता रहेको थियो। बाँके, बर्दिया, दाङ, कपिलवस्तु, सुर्खेत, जुम्ला, जाजरकोट, सल्यान, कालिकोट, रोल्पा, कैलाली कञ्चनपुर, अछाम, डोटी, रुपन्देही, काठमाडौंका सहभागी थिए। 

पौडेलका अनुसार देशैभरीबाट डिजिटल अडिसनका लागि झन्डै पाँच हजार सहभागी भएका थिए। ‘पश्चिम नेपालका सहभागीका लागि जज अडिसन नेपालगन्जबाट गरिएको हो’, उनले प्रष्ट पारे। १० असोजमा विराटनगरबाट सुरु भएको जज अडिसन, १६ असोजमा नेपालगन्ज, २१ असोज पोखराहुँदै दशैं लगत्तै काठमाडौंमा अन्तिम अडिसन हुनेछ। चार वटै क्षेत्रबाट छनोट भएकाहरुबीच काठमाडौंमा थियटर राउण्ड सुरु हुनेछ। सिजन–४ को अडिसनमा निर्णायक र प्रस्तोता फेरिएका छन। शम्भुजित बास्कोटा, सुगम पोखरेल र सुबानी मोक्तान निर्णायक छन्। असिफ शाह र रेश्मा घिमिरेले कार्यक्रम सञ्चालन गर्नेछन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.