भारतीय कलाकार नेपालमा
काठमाडौं : नेपालमा फिल्म छायांकनको लागि भारतीय कलाकारहरु आएका छन्। आइतबार फिल्म 'उचाई' सुटिङका लागि अनुपम खेर, परिणिति चोपडा, बोमन इरानी र सारिका हसन नेपाल आईपुगेका हुन्।
सुरज बडजात्याको निर्देशन रहेको फिल्ममा नेपालमा छायांकन गर्न लागिएको हो। काठमाडौंको बौद्ध, एयरपोर्ट, लुक्ला र मुस्ताङमा फिल्म सुटिङ गरिने चलचित्र प्राविधिक संघका अध्यक्ष साथै उक्त फिल्मका निर्माता डिजाइनर पुस्कर लामाले जानकारी दिए। फिल्मको छायांकनले नेपाललाई मुलुकभर चिनाउनुको साथै देशको अर्थतन्त्रमा पनि
फाईदा गर्ने लामाले बताए। फिल्मका लाइन प्रोडुसर भने सुरज आचार्य रहेका छन्।
बलिउड अभिनेता अनुप खेरले आज पशुपतिनाथ दर्शन गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। ‘मन्दिर र स्तुपाहरुको सहरमा लामो समयको अन्तरालपछि फर्कनु खुसीको कुरा हो। सुरजसँगको यो मेरो चौथौं फिल्म हो,' उनले भने। पशुपतिमा पुजा गर्नाले मनलाई शान्ति मिल्ने उनले भिडियोमा बताएका छन्।