विनोदविक्रम केसीको 'भेन्टिलेटरमा आमा'
काठमाडौं : लेखक तथा कवि विनोद विक्रम केसीको निबन्ध संग्रह 'भेन्टिलेटरमा आमा' सार्वजनिक भएको छ। बेला पब्लिकेशनबाट 'भेन्टिलेटरमा आमा' प्रकाशित भएको हो। केसीको यो पहिलो निबन्ध संग्रह हो। लेखकको मात्रै निजि अनुभव नभई निबन्धमा समग्र समाजको अनुभवलाई प्रस्तुत गरिएको केसीले बताए।
'भेन्टिलेटरमा आमा' लेख्नको लागि उनले कुनै योजना बनाएका थिएनन्। विभिन्न समय, विभिन्न मोडमा नै उनले याे पुस्तक लेखेको बताए। २१६ पेजमा रहेको 'भेन्टिलेटरमा आमा' काठमाडौं उपत्यकाभित्र र बाहिर वितरणको लागि 'दोबिल्ला बुक्स'ले जिम्मा लिएको छ।
२०५३ सालदेखी लेखन कलामा भित्रिएका केसीका फुटकर कथा, कविता, निबन्ध प्रकाशित हुँदै आएका छन्। केही निबन्धहरु भने प्रकाशित हुन बाँकी नै रहेको उनले बताए। केसीले समाजमा देखिएका विभिन्न घटनाहरुबारे, न्यायको लागि व्याङग्यात्मक र सकारात्मक कविताहरु लेख्दै आएका छन्। उनले पहिरो, भोकको क्षेत्रफल लगायतका कविताहरु लेखेका छन्।