जापानमा शुभ मानिन्छ कालो बिरालो

जापानमा शुभ मानिन्छ कालो बिरालो

बिरालो प्यारो जनावर हुनुका साथै खतरनाक पनि हो। यो साह्रै अल्छी हुन्छ। आफ्नो जीवनभर ७० प्रतिशत सुतेरै बिताउने यो जनावर आवश्यकता पर्‍यो भने बिजुली चम्किए झैं एक्टिभ पनि हुन्छ। बिरालोका बारेमा केही तथ्य यस्ता छन्–

–     बिरालोले लगभग १०० प्रकारका आवाज निकाल्न सक्छ। 
–     संसारमा सबैभन्दा धेरै उत्तरी अमेरिकामा बिरालो पालिन्छ। 
–     चीनमा हरेक वर्ष ४० लाखवटा बिरालो मारेर खाइन्छ। 
–     कालो बिरालोलाई जापानमा शुभ मानिन्छ। 
–     प्राचीन मिश्रका मानिस आफ्नो बिरालो मर्‍यो भने आँखिभौं  काटेर शोक मनाउँथे। 
–     बिरालोसम्बन्धी अन्धविश्वास इराकबाट सुरु भएको मानिन्छ। 
–     बिरालोले चकलेट खायो भने मर्न पनि सक्छ। 
–     अचम्मको कुरा के छ भने बिरालो र मुसाले समुद्रको पानी पनि पिउन सक्छन्। 
–     कुनै–कुनै बिरालो १० हजार डलरभन्दा महँगा पनि छन्। 
–     बिरालो जतिसुकै उचाइबाट झरे पनि मर्दैन। 
–     बिरालोको पिसाव अँध्यारोमा चम्किन्छ। 
–     कुनै–कुनै बिरालाहरू पनि मानिसजस्तै लेफ्टी हुन्छन्। 
–     बिरालो आफ्नो पुच्छरको लम्बाइभन्दा ७ गुणा ज्यादा माथि उफ्रन सक्छ। 
–     स्कटल्यान्डको एक प्रसिद्ध डिस्टीलरीमा एउटा बिरालो थियो। उसले जीवनभरमा झन्डै २९ हजार मुसाको 
सिकार गर्‍यो। 
–     ‘डस्टी’ नामक एउटा बिरालोले 
आफ्नो जीवनभरमा ४२० वटा बच्चालाई जन्म दिएर वल्र्ड रेकर्ड कायम गरेको थियो। 
–     बिरालोका कारण संसारका कतिपय प्रजाति लुप्त भएको मान्यता छ। 
–     अमेरिकामा हरेक वर्ष लगभग ८६ हजार मानिस बिरालोका कारण घाइते हुन्छन्। 
–     बिरालो दिनमा लगभग १५ देखि २० घन्टा सुत्छ। 
–     बिरालोका करिब ५५ वटा जाति हुन्छन्। 
–     बिरालो राति पनि राम्रोसँग देख्न सक्छ। त्यसैले रातमा यसको आँखा चम्किलो देखिन्छ। 
–     अहिलेसम्मको सबैभन्दा लामो बिरालो ४८.५ इन्जको भेटिएको छ।  
–    बिरालो लगभग १६ वर्षसम्म बाँच्छ।
–     बिरालो सफा भएर बस्न रुचाउँछ। 
–     बिरालोले जहिलेपनि आफ्नो मल लुकाउँछ।
–    बिरालो सुन्दर हुनुका साथै बुद्धिमान पनि हुन्छ। 
(एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.