प्रकाश सपुत रोयल पेन्ट्सको ब्राण्ड एम्बेसडर

प्रकाश सपुत रोयल पेन्ट्सको ब्राण्ड एम्बेसडर

काठमाडौं : गायक प्रकाश सपुतलाई रोयल पेन्ट्सको नयाँ ब्राण्ड एम्बेसडर घोषणा गरिएको छ। बुधबार मुनलाइट होटल एण्ड स्पामा कार्यक्रम गरी प्रकाशलाई एम्बेसडरको घोषणा गरिएको हो। 

पूर्वी मिस नेपाल श्रृङ्खला खतिवडा यसअघि रोयल पेन्ट्सको ब्राण्ड एम्बेसडरको रहेकी थिइन्। अध्ययनको सिलसिलामा खतिवडा देशबाहिर रहेकोले प्रकाशलाई राखिएको हो। 

गीतसंगितलाई सबैको माझ पुर्‍याएसँगै रोयल पेन्ट्सलाई पनि त्यसरी नै सबैको माझ लैजाने विश्वासले सपूतलाई एम्बेसडरको रुपमा घोषणा गरिएको रोयल पेन्ट्सका अध्यक्ष प्रवेश भण्डारीले बताएका छन्। एक दशकदेखि स्थापना भएको रोयल पेन्ट्सले महामारीको समयमा धेरै समस्या झेल्नुपरेको भण्डारीले बताए। 

समाजको विभिन्न रंगहरुलाई जीवनमा जोडेसँगै रोयल पेट्ससँग पनि जोडिन पाउँदा धेरै खुशी भएको प्रकाशले कार्यक्रममा बताए। त्यस्तै कार्यक्रममा दसैं तिहार विशेष ‘खुशी बाडे बढ्छ खुशी’ गीतको भिडियो सार्वजनिक गरिएको थियो। रचना रिमाल र महेन्द्र बरालको स्वर रहेको गीतमा प्रकाश सपुत, गरिमा शर्मा, रमेश बुढाथोकी, रश्मि भट्ट लगायतको अभिनय रहेको छ। उक्त गीतको निर्माण पनि रोयल पेन्ट्सले नै गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.