दसैं‌का लागि मुस्ताङबाट १२ हजार भेडा-च्यांग्रा बाहिरिए

दसैं‌का लागि मुस्ताङबाट १२ हजार भेडा-च्यांग्रा बाहिरिए

जोमसोम : नजिकिदै गरेको महान् पर्व बडा दसैंलाई लक्ष्य गरी यसवर्ष हिमाली जिल्ला मुस्ताङबाट करिब १२ हजार भेडा/च्यांग्रा बाहिरिएको जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जोमसोमले जनाएको छ।

कार्यालयबाट गरिएको भेडा-च्यांग्रा अनुगमनका क्रममा उक्त संख्यामा भेडा-च्यांग्रा मुस्ताङबाट बाहिरिएको अस्पतालका पशु प्राविधिक ऋषिराम पौडेले दावी गरे। भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले १२ हजार भेडा-च्यांग्रा जिल्लाबाट बाहिरिएको दावी गरेपनि जिल्लामा भेडा-च्यांग्राको पशु निरोगिताको प्रमाणपत्र बनाउने पशु चिकित्सकको रेकर्डमा जम्मा  ६ हजार ३ सय ३६ गोटा भेडा-च्यांग्रा तथ्याङ्क छ ।

परियोजना कार्यान्वयन इकाइ,स्याउ जोन मुस्ताङमा कार्यरत पशु चिकित्सक डा. सुधिर थापा,थासाङ गाउँपालिकाका पशु चिकित्सक अनुप श्रेष्ठ र धौलागिरि प्राविधिक शिक्षालय लेतेकी पशु चिकित्सक शान्त्वना शेरचनले मुस्ताङबाट बाहिरिएका भेडा-च्यांग्राको पशु निरोगिताको प्रमाणपत्र उपलब्ध गराएको जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जोमसोमले जानकारी दिएको छ ।

कार्यालयका अनुसार स्याउ जोनका पशु चिकित्सक डा. सुधिर थापाले ५१ सय,धौलागिरि प्राविधिक शिक्षालयकी पशु चिकित्सक शान्त्वना शेरचनले ११ सय र थासाङ गाउपालिकाका पशु चिकित्सक अनुप श्रेष्ठले १ सय ३६ वटा भेडा-च्यांग्राको पशु निरोगिताको प्रमाणपत्र उपलब्ध गराएका थिए ।

मुस्ताङको थासाङ र जोमसोममा तीनजना पशु चिकित्सकले पेश गरेको तथ्यांकमा जम्मा ६ हजार ३ सय ३६ वटा च्यांग्रा बाहिरिएको भएपनि भेडा-च्यांग्रा व्यापारीले भने सम्बन्धित निकायलाई वास्तविक संख्या नबुझाएको पशु प्राविधिक पौडेलले उल्लेख गरे ।’

'पशु चिकित्सकले कोठामा बसेर च्यांग्रा नहेरी प्रमाणपत्र दिए, फिल्डको अनुमगन भएन, 'पशु प्राविधिक पौडेलले भने, 'प्रति भेडा-च्यांग्राको सख्या अनुसार शुल्क तिर्नुपर्ने हुन्छ, त्यसैले व्यापारीले आधाको मात्र संख्या बताए,आधाजसोको तथ्यांक लुकाए ।'

उनले कोठामा बसेर पशु निरोगिताको प्रमाणपत्र उपलब्ध गराइनु अवैधानिक र उपभोक्ताको हितमा नरहेको बताए । उपल्लो मुस्ताङका सीमावर्तीका गाउँका भेडा-च्यांग्रा र डोल्पाबाट मुस्ताङ झारिएका भेडा-च्यांग्रा खरिद गर्न जिल्ला बाहिरका व्यापारी मुस्ताङको जोमसोम आएका थिए ।

कतिपयले ट्रकमा ढुवानी गरी पोखरा पुर्‍याइसकेका छन् भने कतिपय व्यापारीले पैदल मार्गहुँदै पोखरा झारिरहेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विगत २ वर्षदेखि उत्तरी कोरलानाका सिल छ ।

कोरोनाका कारण चीनपक्षले आयाता/निर्यातलगायतमा कडाइँ गरेपछि तिब्बतबाट भेडा-च्यांग्रा मुस्ताङ आउन नसकेको हो। डोल्पामा समेत भेडा-च्यांग्रा डोल्पाबाट ल्याइने गरिन्थ्यो । दुबै जिल्लामा तिब्बती भेडा-च्यांग्रा आउन नसकेपछि दसैंका लागि भेडा-च्यांग्राको अभाव हुन पुगेको मुस्ताङका व्यापारी कान्छा गुरुङले जानकारी दिए ।तिब्बतबाट च्यांग्रा नआएको स्थानीय पशुपालकले खोरमा मुल्य बढाएकाले च्यांग्राको मुल्य बढी हुन पुगेको बताए।

यसवर्ष मुस्ताङमै च्यांग्राको मुल्य बढी भएपछि कतिपय ब्यापारी रित्तै फकिएको पोखराका व्यापारी लालबहादुर गुरुङले बताए। मुस्ताङको जोमसोम झरेका च्यांग्राको मुल्य सुरुवाती चरणमा ४० हजारदेखि ४५ हजारसम्म कायम रहेपनि अन्ततः व्यापारीहरुले ३० देखि ३५ हजारसम्ममा बिक्री गरेको जोमसोमका स्थानीय भुपेन्द्र शेरचनले जानकारी दिए ।

हिमाली जिल्ला मुस्ताङको चिसो हावापानीमा हुर्काइएको भेडा-च्यांग्रा स्वादिलो र पोषिलो हुने भएकाले दसैंका बेला भेडा-च्यांग्राको माग बढी हुनेगर्छ । भेडा-च्यांग्राले उच्चलेकमा पाइने जटिबुटी तथा वनस्पति सेवन गर्ने भएकाले हिमाली क्षेत्रमा पाइने भेडा-च्यांग्राको महत्व झनै बढेको हो।

सहर/बजारका उपभोक्ताले अन्य समयमा जेजस्तो भएपनि दसैंका बेला मुस्ताङी भेडा-च्यांग्रा खानैपर्ने मान्यता राख्दछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.