सुँगुरले पनि भिडियो गेम खेल्न सक्छ
पृथ्वीमा सुँगुरले कतिपय कुरामा सन्तुलन कायम गरिरहेको हुन्छ। हामीमध्ये कतिलाई यी कुरा थाहा नहुन पनि सक्छ। सुँगुरहरू घरपालुवा र जंगली हुन्छन्। शान्त स्वाभावका स्तनधारी यी प्राणीका विषयमा केही तथ्य जानिराखौं।
o सुँगुरको रौं यति कडा हुन्छ कि पेन्ट गर्ने तथा कपाल कोर्ने ब्रसहरू यसैबाट बनाइन्छ।
o संसारमा करिब ३ अर्बभन्दा बढी सुँगुर छन्।
o सुँगुर झण्डै १८ किलोमिटर प्रतिघन्टाको दरले दौडन सक्छ।यसलाई भेटाउन धेरै गाह्रो हुन्छ।यो सिधा दौड्नुको सट्टा बांगोटिंगो दौडन्छ।
o सुँगुरबाट करिब ४० प्रकारका औषधि पाइन्छ।
o मानिसको हड्डी भाँचियो भने सुँगुरको बोसोले मालिस गर्दा छिटो ठीक हुन्छ।
o सबैभन्दा धेरै सुँगुर चीन र अमेरिकामा छन् भने सबैभन्दा थोरै अफगानिस्तानमा छन्।
o चिनियाँ राशिअनुसार सुँगुर भाग्य, इमान्दारी तथा खुसीको प्रतीक हो।
o कानुनअनुसार इजरायलमा यहुदीले सुँगुर पाल्न पाइँदैन भने फ्रान्समा सुँगुरको नाम नेपोलियन राख्न पाइँदैन।
o सुँगुरले एक वर्षमा २ पटक र एकपटकमा ७ देखि १२ वटासम्म बच्चा जन्माउँछन्।
o यसको पसिना आउने ग्रन्थी हुँदैन।त्यसैले सुँगुर पानी या चिसो ठाउँमा बस्न रुचाउँछन्।
o सुँगुर ३ वर्षको बच्चा तथा कुकुरभन्दा ज्यादा समझदार हुन्छन्।समझदारको सूचीमा यो चिम्पान्जी, डल्फिन र हात्तीपछि चौथो नम्बरमा आउँछ।
o सुँगुरले भिडियो गेम पनि खेल्न सक्छ।
o शरीर अनुसार सुँगुरको फोक्सो धेरै सानो हुन्छ।
o यसले मानिसले भन्दा पनि बढी प्रकारका स्वाद चाख्न सक्छ।
o सुँगुरले आकाशतर्फ कहिल्यै हेर्न सक्दैन।
o संसारमा सबैभन्दा बढी सुँगुरको मासु खाइन्छ। अरूको भन्दा यसको मासुमा ३ गुणा बढी इम्युन सिस्टम बलियो बनाउने तत्वहरू हुन्छन्।
o करिब ५ देखि ७ हजार वर्ष पहिले सुँगुरलाई पाल्तु जनावर बनाइएको थियो।
o अन्टार्कटीकाबाहेक संसारका सबै क्षेत्रमा यसलाई पाउन सकिन्छ।
o सुँगुरले १ दिनमा करिब ५० लिटर पानी पिउन सक्छ ।
o यो जेट इन्जिनभन्दा ठूलो स्वरले कराउन सक्छ।
o सुँगुरहरू एकआपसमा गफ पनि गर्छन्।
o मानिसजस्तै सुँगुर पनि सपना देख्छन्।
o सुँगुरहरू लगभग ८ वर्ष बाँच्छन्।
o यिनीहरू शान्त हुन्छन्।बाध्यात्मक अवस्थामा बाहेक आक्रामक देखिँदैनन्।
o सुँगुरहरू सर्वहारी हुन्छन्।विस्तारै खाना खान्छन्।
खानेकुरा चपाइचपाई आनन्दले खान्छन्।
(विभिन्न एजेन्सीको सहयोगमा)