जब ‘आइकोनग्राफी’ पढेर राजकृष्णले भगवानको चित्र कोरे...

जब ‘आइकोनग्राफी’ पढेर राजकृष्णले भगवानको चित्र कोरे...

काठमाडौं : भित्तामा झुन्डिएको चित्रमध्ये फरक एक चित्रले सबैको ध्यान केन्द्रित गरिरहेको देखिन्छ। चित्र देखेर यस्तो खालको पनि भगवान थिएर भन्ने प्रश्न सबैलाई आउँछ।

नेपाल कला परिषद्, बबरमहलमा प्रदर‍्‍शनीमा राखिएको दश टाउको र बीस हात रहेको एक चित्रले सबैको ध्यान केन्द्रित गरिरहेको छ। काठमाडौंको एउटा मन्दिरमा मात्र उक्त चित्रको मूर्ति देख्न सकिन्छ। कुमारी भगवानको रुपमा पनि लिइने उक्त तस्बिरमा बीस हातले त्रिशुल, काटिएको टाउको, शंख, तरबार, अनि रातो रगत भरिएको बटुका थापेको देख्न सकिन्छ।

यो तस्बिरमा भएको देवीदेवता हत्तपत्त कहीँ पनि देख्न नपाइने चित्रकार राजकृष्ण महर्जन बताउँछन्। भक्तपुरको पाँचतले मन्दिरमा मात्र यो देवीलाई देख्न सकिन्छ। तर त्यहाँ सर्वसाधारण त्यहाँ जान मनाही रहेको उनले बताए। तलेजुमामार्ई भगवान्को स्वरुप भनेर चिनिने उक्त चित्रलाई सिद्धि लक्ष्मी भनेर पनि चिन्न सकिन्छ। 

महर्जनले पनि उक्त देवीको बारेमा कथा मात्रै सुनेका थिए। प्रत्यक्ष रुपमा उनले देवीलाई देखेको एक पटक मात्रै देखेका छन्। उनलाई उक्त चित्र बनाउन ६ महिना लाग्यो। उक्त चित्र उनको दोस्रो हो।
श्रमको मुल्यसँगै यसको मुल्य पनि साढे तीन लाख रहेको छ। यसको लागि पनि मौखिक रुपमा बुक भइसकेको छ। आइकोनग्राफी पढेर त्यसमा भएका कुराहरुलाई उनले चित्रमा उत्रारेका हुन्। आइकोनग्राफी भनेको एउटा पोजिसन हो। जहाँ कसरी बसेको छ, के मा बसेको छ, कतिवटा हात हुन्छन्, कस्तो रगंको, कति वटा टाउका छन लगायतका कुराहरु आइकोनग्राफीमा उल्लेख रहेको आधारमा महर्जनले उक्त देवीको चित्र कोरेका हुन्। आइकोनग्राफीभन्दा बाहिर रहेर आर्टिस्टले चित्र बनाउन नहुने र बनाए पनि त्यसको मुल्य नहुने महर्जन बताउँछन्।

उनी भन्छन्, 'यो चित्र भनेको अमुल्य हो। जहाँ पनि देख्न हेर्न पाइँदैन। त्यसैले आइकोनग्राफी एकदम महत्वपूर्ण हुन्छ।' आफु पनि नेपाली संस्कृतिसँग प्रभावित भएको कारण पनि महर्जनले धेरै नै देवीदेवताको चित्रहरु कोरेका छन्। ३ कक्षादेखि चित्रकलामा प्रवेश गरेका महर्जनको नेपाल कला परिषद्मा ११ वटाहरु देख्न सकिन्छ। बढीमात्रामा उनकै चित्रहरुमा मानिसको ध्यान केन्द्रित हुने गरेको देखिन्छ।  

योसँगै उनले अर्को कुमारी पुजा गर्दा भोग्नुपरेको पिडालाई पनि चित्रमा उत्रारेका छन्। ढोका कुनामा झुन्डाएर राखिएको चित्रको टाइटल मोडर आर्ट भनेर राखिएको छ। यसको मुल्य भने उनले ७० हजार राखेका छन्। कुमारीको पुजा प्रत्येक वर्ष आउने गर्छ त्यो समय कुमारीलाई रथभित्र राखिएको हुन्छ। रथलाई तान्ने व्यक्तिहरुको सकस, बाजा बजाउने मानिसले कस्तो दुःख सहनुपर्ने, कुमारीलाई नै त्यो रथ खस्ने हो की, जस्ता समस्यालाई झल्काउने कुरा उक्त चित्रबाट बोल्ने उनले बताए। 

महर्जनको चित्रसँगै परिषद्मा २८ जनाको चित्र प्रदर्शनको लागि राखिएको छ। अलफेस्टको इभेन एण्ड म्यानेजम्यान्ट प्रालिले असोज १५ गतेदेखि परिषद्मा चित्रकला प्रदर्शन आयोजना गरेको हो। असोज २४ गतेसम्म चित्र प्रदर्शन सम्पन्न हुनेछ। संस्थाकी समन्वय प्रतिनिधि दिपा विश्वकर्माका अनुसार प्रदर्शनमा काठमाडौंदेखि भक्तपुरको गरी जम्मा ६० वटा चित्रहरु प्रदर्शनमा राखिएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.