स्विजरल्यान्ड राजदूत क्याप्लरसहितको टोली मुस्ताङमा
जोमसोम : नेपालका लागि स्विजरल्यान्ड राजदूत एलिजावेथ भोन क्याप्लरसहितको टोली शनिबार मुस्ताङ पुगेको छ। काठमाडौंबाट तारा एअरलाईसन्सको टुईनेटर जहाज चार्टर गरी टोली मुस्ताङ पुगेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
स्विजरल्यान्ड राजदूत क्याप्लर मुस्ताङ भ्रमण नितान्त व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरिक्षक रामकुमार दानीले जानकारी दिए। उनका अनुसार राजदुतसहितको टोलीमा १० जना विदेशी र ३ जना नेपाली छन्। उनीहरु १० दिनका लागि मुस्ताङ आएका हुन्। टोलीले उपल्लो मुस्ताङको समेत भ्रमण गर्ने कार्यक्रम रहेको प्रहरीले जनाएको छ।
यसअघि युरोपियन युनियनकी राजदूत नोना डिप्रेजको टोली मुस्ताङ आएका थिए। सो टोलीले युरोपियन युनियन तथा साझेदारी संस्थाले गरेको कामको अनुगमन र पश्मिाक्षेत्रको सम्भावना बुझ्न मुस्ताङ आएकी थिईन्।
कोरोनाको दोश्रो भेरियन्टसँगै मुस्ताङका १८ वर्षभन्दा माथि सबै नागरिकले खोप प्राप्त गरिसकेको र मुस्ताङमा मुक्तिनाथसहित पर्यटनक्षेत्र खुल्ला गरिएसँगै स्वदेशी तथा विदेशी पर्यटकको आवतजावत बढ्न थालेको छ। मुस्ताङको पर्यटनक्षेत्र बिस्तारै चलायमान हुन थालेसँगै शनिबारदेखि पोखरा-जोमसोम हवाई सेवा ५ महिनापछि नियमित सञ्चालनमा आएको जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख पुस्कल शर्माले जानकारी दिए। नियमित उडानको पहिलो दिन तारा एअरलाईन्सको ३ वडा उडान भएको उनले बताए।
मुस्ताङ भ्रमण गर्न आउने पर्यटकलाई कोरोना परिक्षणको रिपोर्ट वा खोप कार्ड लगाएको प्रमाण अनिवार्य गरिएको छ।