वालिङ जीप दुर्घटना : मृत्यु हुनेको संख्या ३ पुग्यो (अपडेट)

वालिङ जीप दुर्घटना : मृत्यु हुनेको संख्या ३ पुग्यो (अपडेट)

स्याङ्जा : आइतबार साँझ जीप दुर्घटनामा घाईते भएकी ४ वर्षीया करिष्मा थापाको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। यो सँगै दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ३ पुगेको छ।

वालिङमा भएको जीप दुर्घटनामा २ जनाको आइतबार नै उपचारका क्रममा मृत्यु भएको थियो। दुर्घटनामा परी गल्याङ १० का ३२ वर्षीय गंगा पल्ली र ७७ बर्षका दल बहादुर पल्लीको मृत्यु भएको थियो।

दुर्घटनाका घाईते मध्ये ३ जना डिस्चार्ज भएका छन्। अन्य १३ जनाको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भईरहेको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

वालिङ बजारबाट गल्याङको पकवादीका लागि छुटेको ग १ ज ४९१८ नम्बरको जीप वालिङ १० मदिखोलामा दुर्घटना भएको थियो। ग्रामिण सडक, धेरै यात्रु भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। जीप ग्रामिण सडकबाट ५० मिटर तल खसेकोे थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.