निदाएको बेला केही पनि गन्हाउँदैन

निदाएको बेला केही पनि गन्हाउँदैन

निद्रा सबैको प्यारो हुन्छ। मानिस, जनावर सबैलाई पानी, वायु, भोजन जत्तिकै महत्वपूर्ण छ निद्रा। भोजन तथा पानीको तुलनामा निद्रा कम भयो भने मानिसको समयभन्दा पहिलै मृत्यु हुने सम्भावना हुन्छ।

जानौं निद्राका बारेमा केही रोचक तथ्य,
– मानिसले आफ्नो जीवनको एकतिहाइ समय सुतेर बिताउँछ। 

– मानिस केही नखाई २ महिनासम्म बाँच्नसक्छ भने नसुति करिब ११ दिन मात्रै बाँच्छ। 
– सामान्यतयाः एक स्वस्थ व्यक्तिलाई ७ देखि ९ घन्टाको निद्रा आवश्यक पर्छ। 
– जो मानिस ७ घन्टाभन्दा कम सुत्छन् उनीहरूको समयभन्दा पहिले नै मृत्यु हुने सम्भावना १२ प्रतिशत बढ्छ। – ७ घन्टाभन्दा कम निदाउनेहरूलाई श्वास–प्रश्वास, मधुमेह तथा क्यान्सर आदि रोग लाग्नसक्ने सम्भावना अधिक हुन्छ। 

– कम निदाउने मान्छे रिसाउने, उदास हुने तथा तनावमा बस्ने हुन सक्छन्। 
– पुरुषको तुलनामा महिला धेरै सुत्छन्। 
– निदाएको समयमा कसैले हाच्छिउँ गर्न तथा खोक्न सक्दैन। यदि सुतेको अवस्थामा त्यस्तो भयो भने पनि उसको निद्रा टुटिसकेको हुन्छ। 
– निदाएको समयमा सुँघ्ने क्षमता पनि हराउँछ। त्यस्तो बेलामा कसैले गन्हाउने कुरा नाक छेउमै राखिदियो भने पनि थाहा हुँदैन। 
– संसारका ५ प्रतिशत मानिसको निद्रामा बोल्ने बानी हुन्छ। 
– सामान्यतयाः ओच्छ्यानमा सुतेपछि निदाउन १० देखि १५ मिनेट लाग्नुपर्छ। यदि त्योभन्दा कम समयमा निदाइयो भने शरीरलाई निद्रा नपुगेको मानिन्छ। त्योभन्दा बढी समय लाग्यो भने पनि स्वास्थ्यमा केही समस्या छ भन्ने बुझ्नुपर्छ। 

– निद्राको कमीले दुखाइ सहने शक्ति कम हुन्छ। यो कसरी हुन्छ भन्ने कुरा अहिलेसम्म पत्ता लागिसकेको छैन। 
– निद्राको कमीले मानिसको वजन पनि बढ्न सक्छ। 
– जापानमा काम गर्दा उँघ्न तथा थोरै निदाउन पनि पाइन्छ। त्यहाँ कामको सिलसिलामा कोही निदायो भने उसले धेरै परिश्रम गर्‍यो भन्ने बुझिन्छ। 
– संसारमा धेरै गाडी दुर्घटना ड्राइभर निदाएर हुने विभिन्न अनुसन्धानले देखाएका छन्। 
– हरेक दिन ३० मिनेटको व्यायामले प्रतिरात १४ मिनेटको निद्रा बढाउँछ। 

– घोप्टो परेर पेटको बलले सुत्दा पाचन प्रक्रियालाई सहायता पुग्छ। 
– प्यारासोम्निया यस्तो अवस्था हो जुन बेलामा मानिस निद्रामा हिँड्ने, विभिन्न गतिविधि गर्ने तथा कतिपयले त हत्यासमेत गर्छन्। 
– हामी जति उचाइमा हुन्छौं त्यत्ति निद्रामा कमी आउँछ। सामान्यतयाः १३ हजार फिटभन्दा माथि मानिसको निद्रा गडबड हुन्छ। यसको कारण उचाइमा अक्सिजनको कमी हुनु हो। नयाँ उचाइमा निद्राको समायोजन गर्न करिब २१ दिन लाग्न सक्छ।  
(एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.