चन्द्र सतहको नमेटिने पाइला

चन्द्र सतहको नमेटिने पाइला

चन्द्रमाको उत्पत्ति लगभग साढे ४ अर्ब वर्ष पहिले भएको मानिन्छ। एउटा लोकप्रिय सिद्धान्तका अनुसार झन्डै मंगल ग्रहबराबरको एउटा चट्टान करिब साढे ४ अर्ब वर्ष पहिले पृथ्वीमा आएर ठोक्कियो। त्यही घटनापछि उत्पत्ति भएका टुक्राहरू मिलेर चन्द्रमाको निर्माण भएको मानिन्छ। 

चन्द्रमा पृथ्वीको एक मात्र प्राकृतिक उपग्रह हो। सौर्यमण्डलका १८१ उपग्रहमध्ये यो सबैभन्दा ठूलो उपग्रह हो। सौर्यमण्डलको सबैभन्दा ठूलो उपग्रह बृहस्पतिको छ। चन्द्रमा हेर्दा गोलो देखिए पनि यो अण्डाकार छ।  यसको व्यास ३ हजार ४ सय ७६ किलोमिटरको रहेको छ। जुन लगभग पृथ्वीको चौथाइ भाग बराबरको हुन्छ। चन्द्रमाको वजन करिब ८१ अर्ब टन छ। यसले पृथ्वीलाई परिक्रमा गर्छ। पूरै पृथ्वी घुमिसक्न चन्द्रमालाई करिब २७ दशमलव ३ दिन लाग्छ। 

यसले ३ हजार ७ सय किलोमिटर प्रतिघन्टाको औसत गतिमा पृथ्वीको परिक्रमा गर्छ। चन्द्रमा र पृथ्वीको दूरी लगभग ३ लाख ८४ हजार किलोमिटर रहेको छ। चन्द्रमाको आफ्नो कुनै प्रकाश हुँदैन। सूर्यको प्रकाशबाट नै यो चम्किलो देखिएको हो। यसको प्रकाश पृथ्वीसम्म आइपुग्न १ दशमलव ३ सेकेन्ड लाग्छ। चन्द्रमाको गुरुत्वाकर्षण बल पृथ्वीको तुलनामा ६ भागको १ भाग मात्रै हुन्छ। गुरुत्वाकर्षण शक्ति थोरै भएका कारण चन्द्रमामा वायुमण्डल छैन। यहाँको तापमान पनि भिन्न–भिन्न रहन्छ। यहाँ दिउँसो प्रचण्ड गर्मी हुन्छ भने रातमा अत्यन्तै जाडो हुन्छ। दिनमा चन्द्रमाको तापक्रम १३४ डिग्री सेल्सियससम्म हुन्छ भने रातमा माइनस १५३ डिग्रीसम्म पुग्छ।

वायुमण्डलको कमीका कारण चन्द्रमामा कुनै आवाज सुनिँदैन। यहाँबाट आकाश सधैं कालो देखिन्छ। चन्द्रमा हरेक वर्ष पृथ्वीबाट लगभग ३ दशमलव ८ सेन्टिमिटर टाढा गइरहेको छ। विभिन्न अनुसन्धानका अनुसार यो क्रम लगभग ५० बिलियन वर्षसम्म जारी रहन्छ। पृथ्वीबाट हेर्दा सूर्य र चन्द्रमा बराबरका देखिन्छन्।  वास्तवमा त्यो सत्य होइन। सूर्य भन्दा चन्द्रमा करिब ४ सय गुणा सानो छ। सूर्यको तुलनामा चन्द्रमा पृथ्वीको नजिक भएकाले यस्तो देखिएको हो। 

यदि चन्द्रमा नहुने हो भने पृथ्वीको एक दिन जम्मा ६ घन्टाको मात्र हुन्थ्यो। पृथ्वी, सूर्य र चन्द्रमाको पारस्परिक गुरुत्वाकर्षण शक्तिको क्रियाशीलताका कारण समुद्रमा ज्वारभाटा उत्पन्न हुन्छ। ज्वारभाटाका समयमा समुद्रको पानी पृथ्वीबाट धेरै माथिसम्म उठ्छ। अमेरिकी अन्तरिक्ष यात्रीहरू चन्द्रमामा पुगेर फर्किसकेका छन्। नील आर्मस्ट्रङले सबैभन्दा पहिले चन्द्रमामा पाइला राखेका थिए। यहाँ जम्मा ६ वटा मानवयुक्त यान पठाइयो। सन् १९७२ भन्दा यता मानवयुक्त यान चन्द्रमामा पठाइएको छैन। 

वायुमण्डल नभएका कारण चन्द्रमामा कुनै पनि व्यक्तिको पाइलाको निसान मेटिँदैन। पहिलोपल्ट चन्द्रमाको सतहमा टेकेका यात्रीको पाइला अहिलेसम्म पनि जस्ताको तस्तै छ। चन्द्र सतहमा झण्डै २ लाख किलो मानव निर्मित फोहोर थुप्रिएको छ। पहिलोपटक चन्द्रमामा गाडिएको अमेरिकाको झण्डा सूर्यको किरणका कारण सेतो भइसकेको छ। 
(विभिन्न एजेन्सीको सहयोगमा)
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.