राजीनामा दिँदै मुख्यमन्त्री शाक्यले भनिन्- प्रदेश बनाउन सबै मिलेर काम गरौं
हेटौडा : वागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन् । प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले बुधबार राजीनामाको घोषणा गरेकी हुन् । मुख्यमन्त्री शाक्य आज विश्वासको मत लिने तयारीमा थिइन्। विश्वासको मत नपाउने निश्चित भएपछि उनले पदबाट राजीनामा दिएकी हुन्।
मुख्यमन्त्री शाक्यले आफूले पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गरिदिएको बताइन् । उनले भनीन्, ‘मैले सहजरुपमा छाडिदिएको छु। प्रदेश बनाउन सबै मिलेर काम गरौं।'