एमालेको पोखरा महानगर अध्यक्ष बन्न ५ उम्मेदवार
पोखरा : भूगोलका आधारमा देशकै ठूलो महानगरपालिका पोखरामा नेकपा एमालेको नेतृत्वका लागि ५ जनाले उम्मदेवारी दिएका छन्। महानगरपालिका कमिटीको अधिवेशनका क्रममा आज बुधबार उम्मेदवारी दर्ताको कार्यक्रम थियो।
युवा नेता दिलीप न्यौपाने, तेजनारायण अधिकारी, दीपक पौडेल, धनबहादुर नेपाली र हरिप्रसाद त्रिपाठीले अध्यक्षमा उम्मेदवारी दिएका हुन्। उम्मेदवारी दर्ताको समय सकिएको छ। न्यौपाने यसअघि महानगर कमिटीको पूर्वसचिव हुन्। अधिकारी पौडेल पूर्वअध्यक्ष हुन्। नेपाली महानगरमा वडा नम्बर ५को अध्यक्ष छन्। त्रिपाठी अवकाशप्राप्त प्राध्यापक हुन्।
उपाध्यक्षमा उमा परियार, बैनबहादुर गुरुङ, मोहन गुरुङ, राजकुमारी भुजेल र सुस्मिता केसी भट्टराईको उम्मेदवारी परेको छ। जीवनप्रसाद आचार्य र गोकर्ण अधिकारीको उम्मेदवारी सचिवमा परेको छ।
उपसचिव पदका लागि भने १६ जनाको उम्मेदवारी परेको छ। सिमबहादुर गुरुङ, दुर्गाप्रसाद श्रेष्ठ, बलराम गिरी, रामचन्द्र थापा, प्रकाश पौडेल, शिवप्रसाद आचार्य, हरिप्रसाद लम्साल, मीनबहादुर थापा, विष्णु पुन, वीरेन्द्र भण्डारी, दलबहादुर खत्री, हरिमाया गुरुङ, सूर्य भण्डारी, विष्णुहरि तिमिल्सिना, सुवास ढुंगाना र सीता विकले उपसचिवमा उम्मेदवारी दिएका छन्।