मृतकका परिवारलाई राहत

मृतकका परिवारलाई राहत

मुगु : असोज २६ गते नेपालगञ्जबाट मुगु आउँदै गरेको बस दुर्घटना हुँदा मृत्यु भएका ३३ जना र घाइते भएका  १२ जनाको परिवारलाई नेपाली कांग्रेस मुगुका निर्वतमान सभापति खड्कबहादुर शाहीले नगद राहत दिएका छन्।

 
नेपालगञ्जबाट मुगु आउँदै गरेको भे १ ख ३१६९ नम्बरको यात्रु बाहक बस असोज २६ गते छाँयानाथ रारा नगरापलिका—७ पिना गाँउको तपनेखोलामा दुर्घटना भएको थियो। मृतक तथा घाइतेका परिवारलाई नेपाली कांग्रेस मुगुका निवर्तमान सभापति खड्कबहादुर शाहीले प्रति ब्यक्ति ५ हजारका दरले राहत वितरण गरेका हुन्।
  
दुर्घटनामा परी ज्यान गुमाएका र घाइते परिवारलाई प्रतिव्यक्ति ५ हजार नगद राहत उपलब्ध गराएका हुन्। उनले सहयोग रकम सानो भए पनि यसले मृतक तथा घाइते परिवारलाई सानै भए पनि राहत मिल्ने आश व्यक्त गरे। सभापति शाहीले व्यक्तिगत रुपमा नगद वितरण गर्दा यस्ता कार्यमा अरु दातृहरु पनि पीडितको आँसु पुछ्न लाग्ने पूर्व शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.