अन्नपूर्ण संरक्षण क्षेत्रमा थप ३४ थान पासो र २ रेड फक्स मृत फेला

अन्नपूर्ण संरक्षण क्षेत्रमा थप ३४ थान पासो र २ रेड फक्स मृत फेला

जोमसोम : राष्ट्रिय प्रकृति संरक्षण कोष,अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को स्वामित्वमा रहेको मुस्ताङको संरक्षित क्षेत्रमा भारी मात्रामा वन्यजन्तुको सिकार गर्नेक्रम बढेको छ। वन्य जन्तुको अखेटोपहार तस्कर गर्नका निम्ति तस्करीहरुले थापेका फलामे पासो ठाउँ ठाउँमा भेटिन थालेका छन्।

जिल्ला प्रहरी कार्यालय मुस्ताङले वन्यजन्तु तस्करीहरुले वनक्षेत्रमा थापेको पासो क्रमश: फेला पर्दै जान थालेको जान थालेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय  मुस्ताङको वन गस्ती टोलीले तेश्रोदिन पुनः एक रेड फक्ससहित ३४ थान पासो फेला पारेको जनाएको छ। योसँगै वन्यजन्तुले थापेका पासो फेला परेको संख्या १ सय ७५ थान पुगेको प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिए। उनका अनुसार मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ लुप्रा गाउँको खम्पा क्याम्पमाथि निच्चा जंगलमा मंगलबार देखि बिहिबारसम्म गरिएको वन गस्तीमा पासोमा परी मृत फेला परेका ५ कस्तुरी र २ रेड फक्सलाई प्रहरीको रोहबरमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ईलाका संरक्षण क्षेत्र कार्यालय जामसोममा ल्याएर मुचुल्का उठाएर खाल्डो खनी पुरिएको छ।

वारागुङ मुक्तिक्षेत्रको लुप्रा गाउँमाथिको लेंकको जंगलमा मंगलबार वन गस्ती गएको टोलीले पहिलोदिन एक भाले,एक पोथी कस्तुरी र एक रेड फक्स फेला परेको थियो। दोस्रो दिन गरिएको वन गस्तीमा एक भाले र दुई पोथी कस्तुरी पासोमा परी मरेको भेटिएको थियो। पासोमा परी जिउँदै रहेको एक भाले कस्तुरीको भने जिवितै उद्दार गरी जंगलमै छाडिएको प्रहरीको भनाई छ। प्रहरीले पुन तेश्रोदिन गरेको वन गस्तीमा एक रेड फक्स र ३४ थान पासो फेला पारेको थियो।

वन्य जन्तुविज्ञका अनुसार एक वयस्क भाले कस्तुरीको नाभी २५ ग्राम देखि ३५ ग्राम सम्म हुन्छ। सुनको मुल्यभन्दा झन्डै ५ गुणा महङ्गो पर्ने भएकाले तस्करहरुले कस्तुरीलाई पासो थाप्ने काम गर्छन। कस्तुरीको नाभी सुगन्धदार र यसको सेवनले दिर्घ रोगका बिरामीको उपचारमा फाइदा पुग्छ। तर पोथी कस्तुरीको भने नाभी हुँदैन। मुस्ताङका उच्चलेंकको जंगलमा ठूलै खर्च गरेर मोटरसाएकलमा प्रयोग हुने ब्रेक तारको पासो वन्यजन्तु तस्करले थापेका पुष्टि हुन्छ। ठूलो परिमाणमा पासो र मृत कस्तुरी भेटिएकाले घटनालाई सामान्य रुपमा लिन नहुने स्थानीयबासीको भनाई छ।

वारागुङ मुक्तिक्षेत्र—१ लुप्रा लेकमा प्राकृतिक वन्यजन्तुको दोहन भइरहेको भन्ने गोप्य सूचनाका आधारमा एक्याप , डिभिजन वन कार्यालय,सो क्षेत्रको संरक्षण व्यवस्थापन समिति ,शसस्त्र प्रहरी र जनपथ प्रहरीको जम्बो टोलीले तस्करहरुको खोज तलास गर्नुको साथै, तस्करहरुले बिच्छ्याइएका ठूलो परिमाणमा पासो भेटिएको थियो भने ७ वटा मृत वन्यजन्तु फेला पारेको थियो। कोरोना कहरका कारण विगत ३ वर्षदेखि मुस्ताङका उच्चलेंक र जंगलबार वन गस्ती गर्ने काम हुन सकेको थिएन। बडादशै तथा तिहार पर्वको मेलो छोपेर वन्यजन्तु तस्करहरुले ठूलै योजनाका साथ पासो थाप्ने काम गरेको घटनाक्रमले पुष्टि गरेको छ। यो घटना संगै जैविक विविधताले महत्वपूर्ण मानिएको वन्यजन्तु संरक्षणमा थप चुनौती सृजना भएको छ।

प्रहरीले वन गस्ती गर्ने कार्यलाई थप कडाई र निरन्तरता दिने जनाएपछि एक्याप र वन कार्यालयले भने घटनाबारे आधिकारिक धारणा सार्वजनिक गरेका छैनन्। आफ्नो संरक्षण क्षेत्रको एरियामा यति ठूलो घटना हुँदा समेत एक्यापले जिम्मेबारी बोध गर्न नसकेको सरोकारवालाहरु बताउँछन्। घटनाको थप अनुसन्धान र वन गस्ती गर्ने योजनालाई थाती राखेर एक्यापका कार्यालय प्रमुख तिहार मनाउन घर गएका छन्। यसले गर्दा वन्यजन्तु तस्करको मनोबल अझ बढ्न सक्ने अनुमान समेत गरिएको छ। तर,प्रहरीले भने तिहार लगत्तै अप्रेसन सुरु गर्ने जनाएको छ। प्रहरीले वन्य जन्तुको मुख्य बासस्थान रहेको क्षेत्रमा क्रमश बृहत वन गस्तीलाई तिब्रता दिने जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.