२५४ औं सिन्धुलीगढी विजयोत्सव मनाइने

२५४ औं सिन्धुलीगढी विजयोत्सव मनाइने

सिन्धुलीगढी : नेपाली वीर गोर्खालीहरुले साम्राज्यवादी ब्रिटिस अंग्रेज सेनाहरुसँग भएको युद्धमा विजय प्राप्त गरेको स्मरणमा सिन्धुलीगढीमा २५४ औं विजयोत्सव समारोहको आयोजना गरिने भएको छ। कात्तिक २४ गते बुधबार गोर्खाली फौजले साम्राज्यवादी ब्रिटिस सेनाहरुलाई परास्त गराएको २५४ वर्ष पुरा भएको स्मरणमा सिन्धुलीगढीमा राष्ट्रिय झण्डा झण्डोत्तलन गर्दै विजयोत्सव मनाइने भएको हो।

यसका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्गबहादुर खत्रीले जानकारी दिए। सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै मेयर खत्रीले विभिन्न कार्यक्रमका साथ २५४ औं विजय उत्सव भव्यताकासाथ आयोजना गर्ने बताए। कार्यक्रममा पूर्व रक्षामन्त्री तथा नेकपा एमालेका महासचिव इश्वर पोखरेल लगायतको उपस्थिती रहने छ।

विजय उत्सवको अवसरामा मंगलबार सिन्धुलीमाढीमा बंसु गुरुङ स्मृति प्रतिष्ठानको (आइएफसी) र कमलामाई नगरपालिकाबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरिने समेत बताइएको छ। ‘प्रतियोगिताका विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँको पुरस्कार समेत पाउने छन्,’ मेयर खत्रीले भने।

यस्तै सिन्धुलीमाढीमा नगरले निर्माण गरेको विपी र पुष्पलालको शालिकसमेत अनावरण गर्ने कार्यक्रम तय भएको छ। 

‘अघिल्लो वर्ष कोरोना भाईरस संक्रमणका कारण सिन्धुलीगढीमा औपचारिक रुपमा झण्डोत्तलन तथा नेपाली सेनाले सलामी दिएर मात्र विजयोत्सव मनाइएको भएपनि यो वर्ष भने भव्य रुपमा कार्यक्रमको आयोजना गरिएको छ,’ उनले भने।

सिन्धुलीगढी किल्ला नेपाली विर गोरखालीहरुको फौजको नेतृत्व गर्ने श्रीहर्ष पन्त, वंशराज पाण्डे र वंशु गुरुङले विसं १८२४ कात्तिक २४ गतेका दिन साम्राज्यवादी व्रिटिस अंग्रेज फौजलाइ परास्त गर्दै नेपालको सार्भभौम र अखण्डता जोगाएको ऐतिहासिक स्थल हो। 

सोही अवसर पारेर बुधबार सिन्धुलीमाढीमा नेपाली सेनामार्फत झन्डोत्तलन गर्नुका साथै नेपाली सेनाको बर्दबहादुर गणले सलामी अर्पण गर्ने कार्यक्रम तय गरिएको छ। यो वर्ष सिन्धुलीगढी विजय उत्सवमा सहभागि हुनआउनेहरुले नेपालकै पहिलो र एक मात्र ऐतिहासिक युद्ध सङ्ग्राहलयको अवलोक गर्न पाउने छन्।
 
विजय उत्सवमा नगर प्रमुख खत्रीले आफू निर्वाचित भएदेखिनै सिन्धुलीगढीको पुनर्निर्माण, संरक्षण र सम्वर्द्धनमा उच्च प्राथमिकतामा राखेर काम गरेको बताउँदै पछिल्लो समय गढीलाई विश्वसामु चिनाउने अभियानमा लागेको बताए। उनले भने, ‘भग्नावशेष गढी क्षेत्रको विकासमा स्थानीय सरकारले प्राथमिकता दिएको छ। आगामी दुई वर्षभित्र गढीको धेरै निर्माण कार्य सकिन्छ। ऐतिहासिक स्थलको विकासँगै यसको सामरिक महत्वबारे विश्वसामु चिनाउने अभियानमा छौं।’

२०२० सालसम्म जिल्लाको सदरमुकामसमेत सिन्धुलीगढीमै थियो। तर, २०२० सालमा सदरमुकाम माढीमा झारीएपछि गढीको संरचना भत्किएर लोप हुँदै गएका थिए। 

सिन्धुलीगढीबाट काठमाडौं छिर्न नपाएको झोकमा हरिहरपुरगढी किल्ला हुँदै काठमाडौं उपत्यकाको आक्रमणमा अघि सरेको अंग्रेज फौज वि.स १८२४ मै त्यहाँ पनि हारेर रौतहट जिल्ला फर्केको इतिहास रहेको गढीका अध्यता सागरकुमार ढकालको भनाई छ। 

सिन्धुलीगढीमा गत वर्ष पृथ्वीनारायण शाहको शालिक स्थापना गरिएको छ भने ४ करोड रुपैयाँ बढीको लागतमा युुद्ध सङ्ग्राहलय निर्माण गरिएको छ। उक्त युद्ध सङ्ग्राहलयको गतवर्ष राष्ट्रपती विद्यादेवी भण्डारीले एक कार्यक्रमकाबिच उदघाटन गरेकी थिइन्। 

गढीमा हिल स्टे र सिन्धुलीगढी (रानी) दरबारको पुनर्निर्माणको काम तिब्र गतिमा भईरहेको नगरपालिकाले जनाएको छ। सिन्धुलीगढी पर्यटन वर्ष २०२० का लागि सरकारले घोषणा गरेका उत्कृष्ठ एक सय पर्यटकीय गन्तव्य स्थलमध्येको एक स्थल हो। 

पछिल्लो समय सिन्धुलीगढीको विकासमा राष्ट्रपति, प्रधानमन्त्री तथा प्रदेश र स्थानीय सरकारलेसमेत उत्तिकै चासो दिन थालेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.