कालीगण्डकीमा मोटरेबल पुल निर्माण

कालीगण्डकीमा मोटरेबल पुल निर्माण

बेनी : म्याग्दीको रघुगंगा गाउँपालिका-१ र अन्नपूर्ण गाउँपालिका-७ को सिमानामा पर्ने महभिरस्थित कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण भएको छ। अन्तरदेशीय व्यापारिक महत्वको बेनी-जोमसोम-जोमसोम-कोरला सडकमा सहज रुपमा सवारी आवतजावतको व्यवस्था मिलाउन भौतिक योजना तथा यातायात मन्त्रालयअन्तरर्गत पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले ठेक्कामार्फत पक्कि मोटरेबल पुल निर्माण गरेको हो। 

महभिर र पोखरबगरस्थित कालीगण्डकीमा दुई वटा मोटरेबल पुल निर्माणका लागि वि.स. २०७४ फागुनमा हिम-सगरमाथा-डाँफे-बज्रगुरु जेभीले १९ करोड रुपैयाँमा ठेक्का सम्भौता गरेको थियो। ८० मिटर लामो महभिरको पुल निर्माण सकिएको अन्नपूर्ण गाउँपालिका-७ हिस्तानका वडा अध्यक्ष गमप्रसाद फगामीले जानकारी दिए।  

‘पुल र पहुँचमार्ग निर्माण सकिएको छ,’ उनले भने ‘पुलमा सवारी सञ्चालन हुन थालेका छन्।’ ११ मिटर फराकिलो दुई वटै पुल निर्माणका लागि ठेकेदार आफैले डिजाईन र निर्माण गर्ने सम्झौता भएको थियो। 

दुई वर्षको ठेक्का अवधी भएपनि कोरोना महामारी, निषेधाज्ञा र बन्दाबन्दीका कारण निर्माणको समय एक वर्ष ढकेलिएको हो। कोरोना महामारी र वाढी पहिरो जस्ता प्राकृतिक विपद्का बावजुद सरकारले थपेको समयभित्रै पुल बनाएको निर्माण कम्पनीका प्रतिनिधीले बताए।
 
अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि वडा नम्बर-२ को सिमानास्थित कालीगण्डकी नदीमा पनी पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। ७० मिटर लामो पोखरेबगरको पुलको रंगरोगन गर्न र पहुँचमार्गलाई अन्तिम रुप दिन बाँकी छ। वि.स.२०६४ मा ट्रयाक खुलेको बेनी जोमसोम सडकको विभिन्न ठाउँमा हाल फलामको बेलीब्रिजबाट सवारी साधन वारपार गर्दै आएका छन्। 

बेनी-जोमसोम सडकअन्तरर्गत नै बेगखालामा ७० मिटर लामो र ११ मिटर चौडाईको मोटरेबल पुल निर्माणको तयारी भएको छ। आठ करोड ४७ लाख ४२ हजार ३२० रुपैयाँको लागत अनुमान गरिएको पुलको ठेक्का प्रक्रिया अघि बढेको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देबेन्द्र कटुवालले बताए। 

पुलको वारी र पारी ५०० मिटरको पहुँच मार्ग र तल माथि दुईतर्फ २६० मिटर लम्बाईमा नदी नियन्त्रणका लागि संरचना निर्माण गरिने परामर्शदाताले बेगमा आयोजना गरेको सार्वजनिक सुनुवाईमा जानकारी गराइएको थियो। 

भारत र चीन जोड्ने सबैभन्दा छोटो (४३५ किलोमिटर) दुरीको कालीगण्डकी कोरीडोरअन्तरर्गत म्याग्दीको बेनीदेखि चीनको सिमाना कोरला जोड्ने १८६ किलोमिटर दुरीको बेनी-जोमसोम-कोरला सडक कालोपत्रे र स्तरोन्नतीको काम भैरहेको छ। 

छ अर्ब रुपैयाँको लागतमा बेनी देखि जोमसोम सम्मको ७६ किलोमिटर सडक कालोपत्रे र जोमसोमदेखि कोरला सम्मको ११० किलोमिटर सडक स्तरोन्नती गर्न सात वटा खण्डमा काम भैरहेको छ। छ वटा खण्डको निर्माण सकिएको बेनी-जोमसोम-कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए।

सडक स्तरोन्नती र कालोपत्रे भएपछि कोरला नाका सञ्चालनमा ल्याउने वातावरण बन्नुका साथै गण्डकी प्रदेशको जलविद्युत, पर्यटन र ब्यापारमा महत्वपूर्ण योगदान पुग्ने प्रदेशसभा सदस्य बिनोद केसीले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.