उपल्लो मुस्ताङी बेसी झर्दा आन्तरिक पर्यटकले कोरलानाका गुल्जार

उपल्लो मुस्ताङी बेसी झर्दा आन्तरिक पर्यटकले कोरलानाका गुल्जार

जोमसोम : बर्खायामको मौसमसँगै हिउँदयामको आगमन भइसकेको छ। बर्खायामको खेतीबाली थन्क्याएर लाग्ने उपल्लो मुस्ताङको यो सिजनको महत्वपूर्ण चाडपर्व समेत सम्पन्न भइसकेको छ । चाडपर्व सकिएसँगै उपल्लो मुस्ताङीहरु क्रमशः बेसी झर्न थालेका छन् ।

उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गापाकाअन्तर्गतका ग्रामिण भेकका बासिन्दा जाडो छल्न बेसी झरिसकेका छन् । तर,उपल्लो मुस्ताङी धमाधम बेसी झर्दै गर्दा जोमसोम- कोरला सडकखण्डअन्तर्गतका पर्यटन व्यवसायी भने होटल सञ्चालनमा व्यस्त छन्। उपल्लो मुस्ताङको धार्मिक तथा सांस्कृतिक पर्व यार्तुङ र तिजीजस्ता महत्वपूर्ण चाडपर्व सकेर लोमान्थाङ गापाको छोसेर,छोनुप,चुमजुङ,ठिङ्गर,किम्लिङ र लोमान्थाङ गाउँका स्थानीय जाडो छल्न बेसी झरिसकेका छन् ।

यस्तै, उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गापाअन्तर्गत,यारा,घारा,ढि,सुर्खाङ,मराङ,चराङ,ढाक्मर ,घमी ,घिलिङलगायतका स्थानीय पनि जाडो छल्न बेसी झरेको लोघेकर दामोदरकुण्ड गापाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए। उपल्लो मुस्ताङका पर्यटन व्यवसायी बाहेक अन्य स्थानीयबासी कार्तिक अगाबै जाडो छल्न बेसी झरिसकेको गापा अध्यक्ष बिष्टले बताए । 

बर्सेनि उपल्लो मुस्ताङी खेतीपातीको कामकाज सकेर हिउँदयाम लागेसँगै बैकल्पिक घुम्ती व्यापार व्यवसायमा बेसी झर्ने परम्परा छ । उनीहरु नेपालका विभिन्न जिल्ला तथा छिमेकी देश भारतमा गएर घुम्ती ब्यापार गर्ने गर्छन् । हिउँदयामको मंसिर,पुस ,माघ,फागुन र चैत्र महिनासम्म घुम्ती ब्यापार गरेर आफुलाई चाहिने खाद्यान्न,लत्ता कपडा आदीको जोहो गरी गाउँ फर्किन्छन् । 

पोहोर ररर गत वर्ष कोरनाले गर्दा गाउमा थुनिएका उपल्लो मुस्ताङी यसपटक भने कोरना संक्रमण न्युनिकरण हँुदै गईंरहेको,स्थानीय नागरिकले काभिड खोप लगाईसकेको र जनजिवन समेत सहज बन्दै गएपछि उनीहरु घुम्ती ब्यापारमा निस्किएको अध्यक्ष बिष्टले जानकारी दिए । तर, पोखरा÷काठमान्डौमा निजि घर भएका र कोही आफन्तकोमा बसेर जाडो छल्ने मुस्ताङी भने बेसी झर्ने तयारीमा रहेको उनले बताए । उनले ब्यापार नगर्ने  उपल्लो मुस्ताङी भने लामा राखेर पुजापाठ गरी बेसी झर्ने गर्छन् । अध्यक्ष बिष्टका अनुसार अहिलेसम्म ७० प्रतिशत स्थानीय बेसी झरिसकेको जानकारी दिए ।

आन्तरिक पर्यटकले भरियो मुस्ताङ 

तिहार तथा छठ पर्वको सेरोफेरोमा मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको लर्को लागेको छ । दसैं सेरोफेरोमा सडक सञ्जाल असहज हुँदा मुस्ताङ आउन नसकेका पर्यटकहरु अहिले वर्षा रोकिएको र सडक स्तरोन्नति सहज पारिएपछि भ्रमण गर्ने क्रम बढेको हो ।

म्याग्दी र मुस्ताङको सीमाक्षेत्र पर्ने घाँसा प्रहरी चेक पोष्टले मंगलबार मात्रै बस,मोटरसाइकल र जीप गरी करिब ९ सय भन्दा बढी सवारी साधन भित्रिएको जनाएको छ । घाँसा प्रहरी चेक पोष्टका इञ्चार्ज प्रहरी निरीक्षक मानबहादुर कार्कीका अनुसार तिहारलगत्तै स्वदेशी पर्यटकको मुस्ताङ आउजाउ बढेको बताए। 'चाडपर्वको बिदाले होला नेपाली पर्यटकको हुल आएका आएनै छन्, 'उनले भने, ‘ बुधबार बिहान पनि करिब २ सय ५० सवारी साधन भित्रिसकेको छ।’ 

उनले पर्यटक तथा सवारी साधनको इन्ट्री गर्न भ्याइ नभ्याइ भएको उल्लेख गरे। नेपालीहरुको महान पर्वको बेला सरकारी तथा गैर सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था विदेशबाट स्वदेश आएका नेपालीहरु मुस्ताङ आएका हुन् । 

कोरोना कहरपछि यतिबेला मुस्ताङ पर्यटकीय गुल्जार बनेको छ। अकल्पनीय रुपमा पर्यटक मुस्ताङ भित्रिएसँगै जोमसोम,कागबेनी,मुक्तिनाथ,मार्फा,लेतेका साना/ठूला होटलहरु भरिभराउ भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । 

मुक्तिनाथमा दर्शन गर्ने भक्तजनहरुको घुइँचो बढेको मुक्तिनाथका पर्यटन व्यवसायी सुरज गुरुङले जानकारी दिए । केही दिनअघि सामाजिक सञ्जाल मार्फत मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनले मुस्ताङ भ्रमणका सडक यातायात सहज भएको जानकारी गराएका थिए । 

उनले दसैं अघिको वर्षाले सडक यातायातमा केही समस्या देखिदा मिडियामा मुस्ताङको सडकप्रति नकारात्मक सन्देश प्रवाह भएकोमा दु:ख प्रकट गर्दे संघीय सांसद तुलाचनले अब मुस्ताङसम्म आउने बाटो राम्रो भएको जनाएका थिए ।

मुस्ताङमा चिसो ह्वात्तै बढेपनि मुस्ताङ आउने पर्यटकलाई जाडोले रोक्न सकेको छैन । समुन्द्री सतहदेखि ४ हजार मिटर उचाईमा अवस्थित उपल्लो मुस्ताङका स्थानीय बासिन्दा जाडो छल्न बेसी झर्दै गर्दा मुस्ताङ आएका आन्तरिक पर्यटक आन्तरिक पर्यटक कोरलानाका उक्लिने क्रम बढेको छ । 

दसैं तिहार जस्ता महत्वपूर्ण चाडपर्वको सेरोफेरोमा आन्तरिक पर्यटकहरु कोरलानाका अवलोकनका लागि उपल्लो मुस्ताङ आउने क्रम बढेको लोमान्थाङ स्थित होटल हिमालयन गेष्ट हाउसका प्रोपाईटर गोम्बो गुरुङले जानकारी दिए । 

उनका अनुसार कोरलानाका हेर्न उपल्लो मुस्ताङमा दैनिक करिब ७ सय देखि ८ सय सम्म आन्तरिक पर्यटक उपल्लो मुस्ताङ आउने गरेको बताए । उनले भने,‘दसैंलगत्तै उपल्लो मुस्ताङमा अकल्पनीय रुपमा आन्तरिक पर्यटन आउन थालेका हुन् ।'

तिहारको दिन केही कम भएकोमा फेरी आन्तरिक पर्यटक ओइरिन थालेका छन् । उनले लोमान्थाङका दुई दर्जन होटलहरु पर्यटकले भरिएको जानकारी दिए । कोरलानाका हेर्न आन्तरिक पर्यटक उपल्लो मुस्ताङ पुग्न थालेपछि त्यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

उपल्लो मुस्ताङमा मोटरसाइकलको यात्रा गर्दै युवायुवतीहरु कोरलानाका हेर्न आउने गरेको लोमान्थाङका पर्यटन व्यवसायीहरु बताउँछन् । उत्तरी चिनसँग सीमाना जोडिएको उत्तरी कोरलानाका पछिल्लो समय आन्तरिक पर्यटकको आर्कषक पर्यटकीय गन्तव्य बनेको छ ।

भारतीय नाकाबन्दीपछि उत्तरी कोरलानाका निकै चर्चामा छ। नाका अवलोकन गर्न आन्तरिक पर्यटक राष्ट्रिय झन्डासहित कोरलानाका पुग्ने गरेका छन् । उत्तरी कोरलानाकालाई व्यापारिक केन्द्र हब बनाउने उद्देश्यले २०७४ सालदेखि सरकारले राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक स्तरोन्नति सुरु गरिएको हो । 

कोरला सडक स्तरोन्नतिसँगै सडक सञ्जाल सहजहुँदै जान थालेपछि आन्तरिक पर्यटक उपल्लो मुस्ताङ जाने क्रम बढेको गण्डकी प्रदेशका सांसद ईन्द्रधारा बिष्टले जानकारी दिए । कालिगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम सडकको ६० प्रतिशत र जोमसोम-कोरला सडकको भौतिक प्रगति ९५ प्रतिशत सम्पन्न भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.