परासीमा छठ मनाउने पहाडी समुदायको संख्या बढ्दै
परासी : पश्चिम नवलपरासी क्षेत्रमा पनि बुधबार धुमधामका साथ छठपर्व मनाइएको छ। यस क्षेत्रमा मधेसीसँगै पहाडी समुदायका महिलाले हरेक वर्ष छठको व्रत बसेर पूजाआजा गर्ने गर्दछन्। छठ व्रतका लागि हरेक वर्ष यस क्षेत्रका पहाडी समुदायका महिलाको संख्या बढ्दै गएको छ।
छठका दिन हरेक वर्ष जिल्ला सदरमुकाम परासीस्थित झरही खोलामा विविध सांस्कृतिक कार्यक्रमसहितको ठूलो मेला लाग्ने गरेको छ। यहाँ विगत ६० वर्षदेखि निरन्तर मेला लाग्दै आएको स्थानीयले बताएका छन्।