स्याहार पुगे निको हुन्छ

स्याहार पुगे निको हुन्छ

आधुनिक सभ्यता, औद्योगीकरण, व्यापारिक प्रतिस्पर्धा, उच्च आकांक्षा आदिका कारण जीवनशैलीमा ठूलो परिवर्तन आएको छ। हाम्रो खानपान–रहनसहन अस्वस्थकर हुँदै गएको छ। अहिलेका मानिसमा एकातिर शारीरिक व्यायाम घट्दैछ भने अर्कोतर्फ मानसिक तनाव बढ्दो छ। खानेकुरामा सागसब्जी, फलफूलभन्दा पनि धुम्रपान र मद्यपान बढी लिने संख्या बढी छ। शरीर र स्वास्थ्यको भन्दा काम र व्यवसायको चिन्ता बढी भएका कारण नसर्ने खाले विभिन्न समस्या देखा पर्न थालेका छन्। यस्तै नसर्ने रोगमध्ये मधुमेह पनि एक प्रमुख हो।

विश्व मधुमेह महासंघका अनुसार विश्वमा हरेक १० सेकेन्डमा तीन नयाँ व्यत्ति पीडित हुन्छन्। मधुमेहले प्रत्येक ८ सेकेण्डमा एक जनाको मृत्यृ हुने गरेको छ।

मधुमेहको प्रमुख कारणमा वंशाणुगत र वातावरणीय मानिन्छ। नेपाल र भारत वंशानुगत रूपमा बढी पीडित छन्। वातावरणीयमा सहरीकरण, खानपान, ब्यायामको कमी र मोटोपना पर्छन्। बढी तौल ४–५ गुणा बढी तौल भएमा आलस्य जीवन, शारीरिक सुस्तता र व्यायामको कमी, शारीरिक आघात, मानसिक बोझ, उमेर ३० वर्षभन्दा बढी, गर्भवती महिलामा मधुमेह भएमा मधुमेह हुन सक्ने हुन्छ। लामो आयु, तयारी खानाको प्रयोग, चिल्लो खाना बढी, अनियमित भोजन, बढी प्रोटिन, गुलियो वस्तुको बढी सेवन, ब्रेकफास्ट जंक तथा फास्ट फुड, धुमपान र मादक पदार्थको सेवन पनि सम्भाव्य कारण हुन्। रोगीको संख्या बढ्नुमा जनसंख्या वृद्धि र सहरीकरणलाई पनि आ“खा चिम्लन सकिँदैन।

इन्सुलिन उत्पादनमा बाधा पुर्‍याउने तत्त्वहरू इन्टेरो भाइरस, मम्प, रुबेला भाइरसको प्याङ्क्रियाजमा आक्रमण, अत्यधिक पोषण, कम व्यायाम, प्रोटिन शक्ति कुपोषण, औषधि तथा हर्मोन परिवार नियोजनको खाने चक्की, करटीकोस्टेरोइट अत्यधिक रक्सी निरन्तर, बढी मानसिक परिश्रम र चिन्ता लामो समयसम्म भोको बस्ने र धेरै खाने नियमित व्यायाम नगर्ने आदि मधुमेह बनाउने कारण हुन्। वंशानुगत कारणबाट मधुमेहको सम्भावना गाउँ र सहर दुवै ठाउ“मा उत्तिकै भए पनि धेरै पौष्टिक खानपिन, शारीरिक श्रमको हिसावले निस्कृय जीवनशैली जस्ता कारण सहरवासीमा यो दसौं गुणा बढी छ। अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिसनमा प्रकासित तस्मानिया विश्वविद्यालयको अनुसन्धान अनुसार बिहान खाली पेट बाहिर निस्कने वा ब्रेकफास्ट नगर्नेमा मोटोपना, भुँडी लाग्ने, उच्च कोलेस्टेरोल र रगतमा इन्सुलिनको मात्रा बढी मधुमेहको जोखिम भई उक्त रोगको शिकार हुन पुग्छन्। अनुसन्धानबाट बच्चादेखि बुढासम्म, धनीदेखि गरिबसम्म, लिखुरे सुकुटेदेखि मोटा र महिला पुरुष सबैमा यो रोग लागेको देखिन्छ।

सुरुको अवस्थामा धेरैमा लक्षण यदि देखिइहाले पनि लक्षण यति सामान्य हुन्छन्। थाहा नहुने र भए पनि यसकै भनेर छुट्याउन गाह्रो पर्छ। समाजमा प्रत्येक परिचित मधुमेहीका साथै २–३ अपरिचित मधुमेही हुन्छन् भनिन्छ। विभिन्न प्रकारका मधुमेही प्रायः सुरुका केही समय लक्षणविहीन हुन्छन्। पछि गएर एकै किसिमका लक्षण तथा जटिल समस्याहरू देखा पर्छन्। मधुमेहको शंका गर्न सकिने लक्षण तथा संकेतमा तिर्खा बढी लाग्नु, धेरै भोक लाग्नु, धेरै थकाई लाग्नु, छिनछिनमा पिसाब लाग्नु वा पिसाव गरेको ठाउ“मा कमिला वा कीरा देखिनु, राति पटक पटक पिसाब लाग्नु हुन्। यस्तै, बिनाकारण अचानक तौल घट्नु, आँखाले धमिलो देख्नु, शरीरमा पटक पटक संक्रमण भइरहनु, घाउखटिरा सजिलै निको नहुनु, हातखुट्टा झमझमाउनु, पैताला पोल्नु, चेतना हराउनु, गुप्तांग चिलाउनु, चिडचिडापन आउनु, यौन क्रियाकलाप घट्नु, कमजोरी महसुस हुनु आदि पर्छन्। अन्य लक्षणमा मुख सुख्खा हुनु, मुखबाट दुर्गन्ध आउनु, पेट दुख्नु, वान्ता हुनु, कालान्तरमा आँखा, मिर्गौला, स्नायु, रक्तनली र मुटुमा असर पर्न थालेपछि सोही मुताविक थप लक्षण देखा पर्छन्। यस्ता लक्षण देखा परे तुरुन्त चिकित्सक भेट्नुपर्छ।

विश्व मधुमेह महासंघका अनुसार विश्वमा हरेक १० सेकेन्डमा तीन नयाँ व्यक्ति पीडित हुन्छन्। मधुमेहले प्रत्येक ८ सेकेण्डमा एक जनाको मृत्यृ हुने गरेको छ। रगतमा ग्लुकोजको मात्रा एकदमै अनियन्त्रित हँुदा वाकवाकी लाग्नु, वान्ता हुनु, सास फेर्न गाह्रो हुनु, नाडी छिटो चल्नु, बेहोस हुने लक्षण देखा पर्न सक्छन्। यस अवस्थामा तुरुन्त आकस्मिक उपचारको जरुरत पर्छ। अनियन्त्रित मधुमेह मिर्गौलासम्बन्धी रोग, हृदयाघात, पक्षघात, अन्धोपना निम्त्याउन सक्ने र अंगभंग गराउने प्रमुख कारण बन्न सक्छ। मधुमेह अहिले विश्वव्यापी महामारी बनेको छ। २–३ वर्षदेखि चिकित्सा विज्ञानले पनि मधुमेहलाई खाली मधुमेह मात्र नठानी सिङ्गो शरीरको आन्तरिक प्रक्रियास“ग सम्बन्धित मेटाबोलिक सिन्ड्रोममा हुने गडबडीको अंश मान्ने गरेको छ।

मृत्यु हुनेमा १०–२० प्रतिशत मृगौलाले काम गर्न छोडेर, ५० प्रतिशतमा मुटुसम्बन्धी रोगले गराएको देखिन्छ। आक्रान्त र मृत्यु हुनेमा ८० प्रतिशत, न्यून र मध्ये आय हुने राष्ट्रका ४५ देखि ६४ वर्ष उमेरका पर्ने गरेका छन्। एक दशकमा मधुमेहजन्य मृत्युमा ५० प्रतिशतले वृद्धि हुनेछ। जसमा उच्च र मध्यम आय भएका राष्ट्रमा समेत थप ८० प्रतिशतले बढ्ने आँकलन छ। पीडित हुने पनि कम उमेरमा आइरहेको छ। मधुमेहले औसत १३ वर्ष आयु घटाउने भएकाले मधुमेहबाट जोगिनसके आयु सरदर १३ वर्ष बढ्छ। युरोप, अमेरिकामा भन्दा १० वर्ष पहिलेको उमेरमा नेपालमा मधुमेह देखिरहेको छ। ३० वर्ष नपुग्दै मधुमेही बन्ने दिनप्रतिदिन बढिरहेका छन्।

हरेक चार मधुमेहीमा तीन जना कम र मध्यम आय भएका मुलुकमा छन्। मुटुरोग, मस्तिष्कघात, अन्धोपना, मृर्गौला बेकम्मा र खुट्टा काट्नुपर्ने प्रमुख कारण मधुमेह बनेको छ। हरेक चार परिवारमा एक परिवार सदस्य तथा हरेक दुई मधुमेहीमा एक मधुमेहीलाई मात्र मधुमेह शिक्षामा पहँुच छ। अन्तमा, रोकथामका उपाय, स्याहार बलियो बनाउँदै र सबै बढाउँदै मधुमेहलाई जित्न वा हराउन जरुरी छ। जनचेतना बढाउँदै रोकथाम, निदान, उपचार र मधुमेहीलाई स्याहार गर्न सके मधुमेहलाई हराउन सकिन्छ। सन् २०२१ देखि २०२३ मा ‘मधुमेह हेरचाहमा पहँुच’ नारा तय भएको छ। सबै रोगको खोप वा उचित औषधि उपचार नै उक्त रोगबारेको जनचेतना र ज्ञान नै हो। त्यसैले मधुमेहका बारेमा ज्ञान भयो भने उत्तम भरपर्दो उपचार त्यही नै रहन्छ। दैनिक जीवन यापनमा परिवर्तन, खानपान र व्यायाम, तनावमुक्त जीवन र उक्त रोगको शिक्षा प्रथम औषधि तथा ५० प्रतिशत उपचार पनि भएकाले सबै त्यसैमा लागौं।

लेखक नेपाल चिकित्सक संघका कोषाध्यक्ष हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.