एमाले १०‍औं महाधिवेशन: सभासद् र उपमेयरले प्रतिनिधि हारे

एमाले १०‍औं महाधिवेशन: सभासद् र उपमेयरले प्रतिनिधि हारे

परासी : नेकपा एमालेको १०औं महाधिवेशन प्रतिनिधि छनौटअन्तर्गत पश्चिम नवलपरासीमा भएको निर्वाचनमा सभासद् र उपमेयरले हार व्यहोर्नु परेको छ। सबै वडाअधिवेशन निर्विरोध गरेको जिल्ला कमिटीले महाधिवेशन प्रतिनिधि छनौटमा भने सहमति जुटाउन नसकेपछि शनिबार निर्वाचन भएको थियो । 

जिल्लामा २ वटा निर्वाचन क्षेत्र छन् । १ वटा निर्वाचन क्षेत्रबाट २ महिलासहित ६ जना गरी जिल्लाबाट कुल १२ जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । जिल्लाका कुल ४२ सय ९६ जना संगठित सदस्यले उनीहरुलाई चयन गरेको निर्वाचन समितिले जनाएको छ । 

महाधिवेशन प्रतिनिधिका लागि जिल्लाका निर्वाचन क्षेत्रहरुबाट सभासद मेयर र उपमेयरले उमेदवारी दिएका थिए । जसमा संघीय निर्वाचन क्षेत्र नं. २ बाट उमेदवारी दिएकी लुम्बिनी प्रदेश सभासद् भगवती भण्डारी र सुनवल नगरपालिकाका उपमेयर दधिराम अर्याल पराजित भएका हुन् । 

यस क्षेत्रमा ६ महिलासहित १७ जनाले उमेदवारी दिएका थिए । महिला तर्फबाट उमेदवार दिएकी सभासद् भण्डारी ३ सय ३७ मत अन्तरले पराजित भएकी हुन् ।  उनी समानुपातिक सभासद् हुन् । त्यसैगरी खुला तर्फबाट उमेदवार दिएका उपमेयर अर्याल २३ मत अन्तरले पराजित भएका हुन् । महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनेमा खुलातर्फ डोलराज भण्डारी, थानप्रसाद गैरे, केशव भण्डारी र लेखनाथ खरेल छन् । महिलातर्फ विमला अर्याल र लक्ष्मी क्षेत्री निर्वाचित भएका छन् ।

त्यस्तै संघीय निर्वाचन क्षेत्र नं. १ बाट खुलातर्फ लुम्बिनी प्रदेशका सभासद् दीपेन्द्र कुमार अधिकारी, बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्याल, रामप्रसाद अर्याल र बद्री खनाल निर्वाचित भएका छन् ।

महिलातर्फ सरिता खनाल र सिन्धु जलेसा निर्वाचित भएका छन् । त्यहाँ ५ महिलासहित १५ जनाले उमेदवारी दिएका थिए । राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ गते चितवनमा हुँदैछ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.