प्रमुख प्रशासकीय अधिकृतले गाउँपालिकामा आर्थिक हिनामिना गरेको अध्यक्षको आरोप
मुगु : सोरु गाउँपालिकाका अध्यक्ष लोकबहादुर शाहीले आर्थिक वर्ष ०७७/०७८ मा विभिन्न शीर्षकको रकम प्रमुख प्रशासकीय अधिकृतले नियम विपरित हिनामिना गरेको आरोप लगाएका छन्।
आइतबार जिल्ला समन्वय समिसतको सभाहलमा उनले आयोजना गरेको पत्रकार सम्मेलनमा शिक्षा शाखा प्रमुख विरेन्द्रबहादु मल्ल सोरु गाउँपालिकाको प्रमुख प्रशासकीय हुँदा गाउँपालिको विभिन्न शीर्षकको रकम नियमविपरित हिनामिना गरेको पत्रकार सम्मेलनमा आरोप लगाएका हुन्।
कर्णाली प्रदेश सरकारबाट मुख्यमन्त्री रोजगार कार्यक्रममा प्राप्त रकमबाट सञ्चालित योजनाहरुको लागत अनुमान अनुसारको कुनै पनि योजना सम्पन्न नगरी पूर्ण रकम भुक्तानी गरेको, विभिन्न योजना तथा कार्यक्रममा उठेको ७० लाख कन्टिजेन्सी रकम कार्यपालिका बोर्ड बैठक निर्णय विधि तथा मापदण्ड विपरित दुरुपयोग गरिएको प्रचलित कानुनविपरित विभिन्न ब्यक्तिहरुलाई करिव २ करोड ६० लाख पेस्की दिइ सो रकम फर्छ्यौटतर्फ कुनै पहल र प्रकृया सुरु नगरी गाउँपालिकालाई दीर्घकालीन दायित्व सृजना हुने गरी खरिद कार्य गर्नुका साथै जनप्रतिनधिले पाउनु पर्ने सेवा सुविधा २४ लाख रकम जनप्रतिनिधिले नपाएको विभिन्न पुराना योजनाका २ करोड ५ लाख रकम भुक्तानी हालसम्म नभएको र गाउँपालिकाका सबै खात शुन्य रहेको हाल एक खातामा मात्र ५२ रुपैयाँ मौज्जाद राखी कार्यकारी प्रमुख प्रशासकीय पदमा रहँदा मल्लले गाउँपालिकाको रकम नियम विपरित हिनामिना गरेको भन्दै तत्काल आवश्यक छानविन तथा कारवाहीका लागि अख्तियार अनुसन्धान आयोग सामज्य प्रसासन मन्त्रालयमा लिखित पत्रचार गरिसकेको गाउँपालिका अध्यक्ष शाहीले पत्रकार सम्मेलनमा जानकारी दिएका थिए।
तत्कालीन प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्रबहादुर मल्लले आफू कार्यकारी पदमा रहँदा गाउँपालिकाबाट भएका सबैखाले गतिविधि नियम कार्य आदेश लगायत गाउँपालिका बैठकको निर्णय अनुसार भुक्तानी तथा खर्च भएको बताए। गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले लगाएका आरोप तथ्यहीन र प्रमाणबिनाको भएको उनले बताए। जति बेला आर्थिक समस्या परेको हुन्छ त्यति बेला गाउँपालिकाका कर्मचारीलाई आरोप लगाइ दुख दिने काम गरेको हुन्छन्। नियमविपरित कुनै खाले आर्थिक हिनामिना आफूबाट नभएको उनले बताए।