डा. सोलुको ‘किन लाग्यो इन्द्रेणी’ सार्वजनिक
काठमाडौं: साहित्यकार डा. रेणुका सोलुको शब्दमा रहेको गीति एल्बम ‘किन लाग्यो इन्द्रेणी’को भिडियो सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टिका अध्यक्ष गीता खत्री र वरिष्ठ नाटककार अशेष मल्लले उक्त गिती भिडियो सार्वजनिक गरेका हुन्।
गीतमा वरिष्ठ संगीतकार आरसी थापाको संगीत र गायक स्वरुपराजको स्वर रहेको छ। म्युजिक भिडियोमा अनुप न्यौपाने, रक्षा थापा बस्नेत र बेदना राईको अभिनय रहेको छ।