मुस्ताङमा ५५ सय ६४ मेट्रिक टन स्याउ फल्यो

मुस्ताङमा ५५ सय ६४ मेट्रिक टन स्याउ फल्यो

जोमसोम : स्याउ उत्पादनमा प्रसिद्ध मानिएको हिमाली जिल्लामा यसवर्ष ५५ सय मेट्रिक टन स्याउ उत्पादन भएको छ । गत वर्ष ५१ सय मेट्रिक टन स्याउ उत्पादन भएकोमा यसवर्ष ४ सय ५१ मेट्रिक टन अर्थात् ९ प्रतिशतले स्याउ उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ ।

मुस्ताङमा यसवर्ष ५ सय २० हेक्टर क्षेत्रफलमा लगाइएका डेढ लाख बोटबाट उक्त परिमाणमा स्याउ फलेको हो । मुस्ताङको थासाङ गाउँपालिकामा ८ सय ९८, घरपझोङ गाउँपालिकामा २५ सय ६८, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा १९ सय ३६ ,लोघेकर दामोदरकुण्ड गाउँपालिकामा १ सय २० र लोमान्थाङमा ३२ मेट्रिक टन स्याउ उत्पादन भएको कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए। उनका अनुसार जिल्लामा ५५ सय ६४ मेट्रिक टन स्याउ उत्पादन हुँदा ५५ करोड रुपैयाँ मुस्ताङ भित्रिएको हो ।

मुस्ताङका ५ स्थानीय तह गरी कुल १४ सय ४० हेक्टर जमिनमा स्याउ खेती विस्तार भएको छ । जसमध्ये ५ सय २० हेक्टर जमिनमा लगाइएको स्याउले मात्र उत्पादन दिने गरेको छ। मुस्ताङको घरपझोङमा ५ सय ७२ ,वारागुङ मुक्तिक्षेत्रमा ५ सय ९४ ,थासाङमा १ सय ६२, लोघेकर दामोदरकुण्डमा ८६ र लोमान्थाङ गाउँपालिकामा २९ हेक्टर जमिनमा स्याउ खेती गरिएको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ ।

केन्द्रका अनुसार वारागुङ मुक्तिक्षेत्रमा नयाँ स्याउका बिरुवा विस्तार गरिएकाले केही कम उत्पादन भएको हो भने घरपझोङको मार्फामा स्याउ बोटमा सान जोस स्केल  र स्क्याप रोगको प्रकोप देखिएका उत्पादन घटेको हो ।

घरपझोङमा मार्फामा उत्पादन घटेपछि जिल्लामा सबैभन्दा बढी स्याउ उत्पाद हुने स्थानीय तह घरपझोङ बनेको छ । यस्तै ,लोमान्थाङमा पछिल्लो समय मात्र स्याउ खेती विस्तार भएकाले जिल्लामा सबैभन्दा कम स्याउ उत्पादन भएको हो ।

यस वर्ष मुस्ताङको मार्फाबाहेक अन्य स्थानका स्याउ किसानले उचित बगैचा व्यवस्थापन र रोग नियन्त्रण गर्न सकेकाले आशिंक स्याउ उत्पादन वृद्धि भएको हो ।यसवर्ष मुस्ताङमा उत्पादन भएको ८० प्रतिशत स्याउ दसैं-तिहारमा जिल्ला बाहिरिएको हो । यस्तै, बिक्री भइनसकेको बाँकी २० प्रतिशत स्याउमध्ये केही टन कोल्ड स्टोरमा राखिने र केही स्याउको खुद्रा बिक्री र प्रशोधनमा उपयोग हुने जनाइएको छ।

मुस्ताङमा परम्परागत रैथाने रेड डेलिसियस, रोयल डेलिसियस,रिचारेड डेलिसियस र सेतो जातको गोल्डेन डेलिसियस जातको स्याउ उत्पादन हुने गर्छ । पछिल्लो समय किसानले छिटो छरितो फल दिने  स्याउ बिरुवा लगाउने गरेको पाइएको छ।

संघ तथा प्रदेश सरकारको अनुदान सहुलियतमा गत वर्ष र यसवर्ष गरी करिब ५० हजार उच्च घनत्वको नयाँ स्याउका बिरुवा उपलब्ध गराएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.