कास्की अदालतमा भएन बहस बहिष्कार

कास्की अदालतमा भएन बहस बहिष्कार

 पोखरा : नेपाल बार एसोसिएसनले देशभरका अदालतमा बहस बहिष्कार गरिरहँदा कास्की जिल्ला अदालतमा भने केही अधिवक्ताले मुद्दामा बहस गरेका छन् । बारले बन्दी प्रत्यक्षीकरणबाहेक मुद्दामा बहस बहिष्कारको देशव्यापी आह्वान गरेको थियो ।

कास्की अदालतले कतिपय मुद्दामा फैसला र आदेशसमेत दिएको छ। । अधिवक्ता विष्णुकुशल भुजेल, माधवी पाण्डेलगायतले आफ्ना पक्षका मुद्दामा आइतबार जिल्ला अदालतमा बहस गरेका थिए।

बार एसोसिएसन कास्कीले जिल्ला अदालतलाई पत्रसमेत लेखी कानुन व्यवसायीले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस नगर्ने जनाएको थियो । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै बार एसोसिएसन आन्दोलनमा छ । त्यही आन्दोलनका क्रममा आइतबार देशभरका अदालतमा बहिष्कार आह्वान भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.