रुकुम पश्चिमको कांग्रेस सभापतिमा पुनः प्रेमप्रकाश ओली

रुकुम पश्चिमको कांग्रेस सभापतिमा पुनः प्रेमप्रकाश ओली

जाजरकोट : नेपाली कांग्रेस रुकुम पश्चिमको जिल्ला सभापतिमा प्रेम प्रकाश ओली सर्वसम्मत चयन भएका छन्। नेपाली कांग्रेस रुकुमको सातौं जिल्ला अधिवेशनबाट उनी दोस्रो कार्यकालका लागि सभापति चयन भएका हुन्। उनी शसस्त्र द्धन्दको क्रममा माओवादीद्वारा हत्या गरिएका हरिभक्त ओलीका छोरा हुन्। उनी संस्थापन पक्षमा खुलेका थिए।

२०७२ फागुनमा सम्पन्न छैठौ जिल्ला अधिवेशनमा चुनाव जितेर सभापति बनेका थिए। गत सोमबार अधिवेशनको उद्घाटनपछि सहमतिमार्फत नेतृत्व चयन गर्ने भन्दै नेताहरु छलफल केन्द्रित भएका थिए। मंगलबार भएको बन्द सत्रले पूर्व राज्यमन्त्री गोपाल जि जंग शाहको नेतृत्वमा सहमतिको लागि एक कार्यदल बनाएको थियो। उक्त कार्यदलले सभापतिसहित जिल्ला कार्यसमितिको सबै पदमा सर्वसहमतिमा नेतृत्व चयन गरेको हो।

पार्टी उपसभापतिमा हर्कसिं खत्री र सुरतजंग मल्ल, सचिवमा परमेश्वर भण्डारी र तारक शाही चयन भएका छन्। सहसचिवमा यज्ञ बिष्ट र प्रेमबहादुर खड्का चयन भएका छन्। यसका साथै प्रदेश निर्वाचन क्षेत्र नं. क को सभापतिमा महेन्द्र केसी र ख को सभापतिमा भद्रबहादुर बिष्टलाई सहमति गरिएको  छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.