६० रुपैयाँले फस्टाएको पाठकको खेती

६० रुपैयाँले फस्टाएको पाठकको खेती

उदयपुर : उदयपुरको रौतामाई गाउँपालिका—४ सल्लेका ५५ वर्षीय टेकबहादुर  पाठकले ८ रोपनीमा फलफूलको नर्सरी सुरु गरेका थिए। २० वर्षअघि आफूसँग भएको जम्मा ६० रुपैयाँ लगानी गरेर उक्त फलफूल खेती गर्न थालेका थिए। 

अहिले १५ रोपनीमा विभिन्न जातका फलफूल खेतीसँगै नर्सरी पनि छ। ‘खेती सुरु गरेको ६÷७ वर्षसम्म त फलफूलबाट खासै आम्दानी भएन,’ पाठकले भने, ‘तर १० वर्षयता वार्षिक १५÷२० लाख रुपैयाँ आम्दानी हुन थालेको छ।’ सुन्तला खेतीका लागि नर्सरी सुरु गरेका उनले नमूनाका लागि स्याउ, अनार, अंगुर, नास्पाती, कागती र रुद्राक्ष खेती पनि सँगै लगाएका छन्।

‘सुरुमा सुन्तलामात्रै खेती गर्ने सोचमा थिएँ,’टेकबहादुरले भने, ‘तर खेती नै गर्ने भएपछि किन सुन्तला मात्रै गर्ने स्याउ, अनार, अंगुर नास्पाती, रुद्राक्ष र कागतीको खेती पनि लगाउने सोच बनाएँ र सुरु गरँे।’ सुरुका केही वर्ष फलफूलले आम्दानी नदिने भएकाले खर्च धान्नका लागि टमाटर, काउली, धनियाँ, चुच्चेकरेलाजस्ता तरकारीको खेती गरेको उनले बताए।

पाठक फलफूल खेती सुरु गर्नुअघि होटल गर्थे। दुई छोरा, एक छोरी र पत्नीको सहयोगमा होटल गर्दै आएका उनले होटल छोडेर फलफूल खेती सुरु गरेका हुन्। उनले दैनिक ज्याला मजदुरी गरेर जम्मा गरेको ६० रुपैयाँले २०४८ सालबाट सल्लेमा होटल सुरु गरेका थिए। रौतामाई गाउँपालिकाको वडानं ४ र ५ जिल्लाकै सुन्तला उत्पादनका लागि पकेट क्षेत्र मानिन्छ। पकेट क्षेत्रपनि भएकाले प्रधानमन्त्री सुन्तला जोन कार्यक्रम पनि सञ्चालन हुँदै आएको छ। त्यसैले पनि अहिले पाठकले सुन्तलाको नर्सरी र उत्पादन दुवैलाई प्राथमिकतामा राखेका छन्। उनले उत्पादन गरेको बिरुवा खोटाङ, उदयपुरका विभिन्न ठाउँबाट बिक्री हुने गर्छ।

पाठकको नर्सरीमा अहिले १५ हजारभन्दा बढी सुन्तलाको बिरुवा तयार छन्। प्रतिगोटा ५० देखि ६० रुपैयाँका दरले बिक्री गरिने सुन्तलाको बिरुवाबाट ३ लाख रुपैयाँ आम्दानी हुने पाठकको अनुमान छ। पाठकको नर्सरीमा सुन्तलासँगै कागती, अनार, रुद्राक्ष र अन्य फलफूलका समेत बिरुवा छन्। 

नर्सरी व्यवस्थापनको तालिम लिएपछि ज्ञान बढ्नुका साथै फलफुल खेती गर्ने सीप र आत्मबलको समेत विकास भएको उनले सुनाए।  फलफूल खेती गरेर दीर्घकालीन रूपमा आर्थिक उर्पाजन गर्न सकिने विश्वासले खेती गरेको पाठकले बताए। 

‘दिगो आर्थिक विकासका लागि फलफूल खेती गरौं भन्दै अन्य किसानलाई पनि सम्झाउँदै आएको छु’ उनले भने, ‘त्यसैले अहिले धेरै किसानले सुन्तला, जुनार, नास्पाती र स्याउको खेती गरिरहेका छन्।’
मुलुक नै कृषि प्रधान भएकाले कृषकलाई व्यावसायिक खेतीमा आकर्षित गरेर उनीहरूको आर्थिक अवस्थामा सुधार ल्याउने लक्ष्य रौतामाई गाउँपालिकाले लिएको छ। 

व्यावसायिकरूपमा कृषिजन्य नगदेबाली उत्पादन गर्ने कृषकलाई हरेक वर्ष अनुदान र पुरस्कारको व्यवस्थासमेत गाउँपालिकाले गरेको उनले सुनाए। किसानको लगानी र व्यवसाय हेरेर २० हजारदेखि एक लाख रुपैयाँसम्म अनुदान उपलब्ध गराउने नीति लिएको उनको भनाइ छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.