आफ्नो विवाहबारे किन बोलिरहेका छैनन् यी हिरो हिरोइन?
मुम्बई: भारतीय सञ्चारमाध्यममा यतिबेला बलिउड अभिनेत्री कैट्रिना कैफ र अभिनेता विक्की कौशलको विवाहलाई लिएर विभिन्न समाचारहरु आइरहेका छन्। स्रोतको हवाला दिँदै यी जोडीको विवाह छिट्टै हुन लागेको बताइएको छ। तर यी जोडीले हालसम्म विवाहबारे कुनै धारणा बाहिर ल्याएका छैनन्।
समाचारअनुसार विवाहको तयारी अन्तिम चरणमा पुगेको छ। विवाह समारोहलाई भब्य बनाउन विभिन्न इभेन्ट कम्पनीहरुको आ-आफ्नो काम थालिसकेको बताइएको छ।
यी जोडीको विवाह राजस्थानको सवाई माधोपुरमा हुने बताइएको छ। विवाहका लागि त्यहाँ बुकिङसमेत भइसकेको बतँइएको छ। समाचारअनुसार विवाह समारोह डिसेम्बर ७ देखि ९ सम्म आयोजना हुनेछ।