जाजरकोट बस दुर्घटनामा मृत्यु हुने पाँचै जनाको सनाखत (अपडेट)

जाजरकोट बस दुर्घटनामा मृत्यु हुने पाँचै जनाको सनाखत (अपडेट)

जाजरकोट : नेपालगञ्जदेखि राडिबजार आउँदै गरेको ना ५ ख २७५७ नम्बरको रात्री बस दुर्घटनामा ज्यान गुमाउने पाँचै जनाको सनाखत भएको छ। 

प्रहरीका अनुसार जाजरकोटको कुदु बराहचौर नजिकै भएको दुर्घटनामा पाँच मृतकमध्ये सनाखत हुन नसकेका दुई जनाको पनि पहिचान खुलेको हो।

मृत्यु हुनेमा कुशे ९ जाजरकोटकी १८ वर्षीया अनिला नेपाली र आठबिसकोट ५ रुकुम पश्चिमकी २४ वर्षीया सन्ध्या मल्ल शाहीको भएको प्रहरीले जनाएको छ। 

यसअघि मृतकहरू नलगाड ३ करुवा जाजरकोटका २६ वर्षीय शेरबहादुर परियार, आठबिसकोट ४ की चार वर्षिया बालिका दिब्या शाही र सप्तरी राजबिराज नगरपालिका १ घरका दिपेन्द्र आधारभुत विद्यालय सक्ला जाजरकोटमा कार्यरत ४० वर्षका गंगाराम यादवको पहिचान खुलेको थियो।

प्रहरी नायब उपरीक्षक मधुकुमार थापाका अनुसार चालक चित्रबहादुर देनारले स्यालले बाटो काट्न लाग्दा त्यसलाई जोगाउँदा दुर्घटना भएको बयान दिएका छन्। हो। चालक देनार पनि घाइते छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.