सौरमण्डलको ‘भ्याकुम क्लिनर’ बृहस्पति

बृहस्पति ग्रह सूर्यबाट पाँचौं ग्रह हो। यो सौरमण्डलको सबैभन्दा ठूलो ग्रह पनि हो। पहेंलो रंगको यो ग्रहलाई अंग्रेजीमा जुपिटर भनिन्छ। ज्योतिष विज्ञानका अनुसार बृहस्पतिले अनेक नकारात्मक परिस्थितिलाई सकारात्मक बनाउँछ। ग्यासबाट बनेको यो ग्रहका बारेमा केही तथ्य यस्ता छन्,
– यो ग्रहलाई सौरमण्डलको भ्याकुम क्लिनर पनि भनिन्छ। शक्तिशाली गुरुत्वाकर्षण बलका कारण यसले कैयौं उल्का पिण्डलाई आफूतिर तान्छ जसले परिवारका अन्य ग्रहमाथि हुने विनाशकारी हमलाबाट बचाउँछ। – यो ग्रह ९० प्रतिशत हाइड्रोजन, १० प्रतिशत हिलियम र केही मिथेन, पानी, अमोनिया र केही चट्टानी कणहरू मिलेर बनेको छ।
– बृहस्पति ग्रहमा जमिन जस्तो केही छैन। यो पूरै ग्यासको बादलबाट बनेको छ।
– अनुसन्धानका लागि यो ग्रहमा अहिलेसम्म ९ वटा अन्तरिक्ष यान पठाइसकिएको छ।
– बृहस्पतिको गुरुत्वाकर्षण शक्ति पृथ्वीको भन्दा २० गुणा बढी छ।
– यो ग्रहका ७९ वटा उपग्रह छन्। जसमध्ये ५३ वटाको नामाकरण भइसकेको छ भने अरूको अनुसन्धान भइरहेको छ। यसको एउटा सौरमण्डलको सबैभन्दा ठूलो उपग्रह हो। जसमा भूमिगत समुद्र छ। जहाँ पूरै पृथ्वीभन्दा पनि धेरै पानी छ।
– हिन्दुहरू पछाडि सातौं शताब्दीका प्रजातिले यो ग्रहलाई देखे, त्यसपछि रोमन देवता जुपिटरको नामबाट यसको नाम राखेको पाइन्छ।
– हाम्रो आकासगंगाको सबैभन्दा ठूलो यो ग्रह यति ठूलो छ कि अन्य सबै ग्रहहरू मिसाउँदा पनि बृहस्पति जत्रो हुन सक्दैन।
– यो ग्रहमा एउटा ठूलो भ्वाङ छ जसबाट लगातार आगोको ज्वाला निक्लिरहन्छ। त्यसैले बृहस्पतिमा रातो धब्बा जस्तो देखिन्छ।
– यो सोलार सिस्टमको चौथो सबैभन्दा चम्किने ग्रह हो।
– बृहस्पतिको दिन अरू ग्रहको तुलनामा सबैभन्दा छोटो हुन्छ।
– यो आफ्नो धुरीमा ९ घन्टा ५५ मिनेटमा घुमिसक्छ।
– बृहस्पतिलाई नांगो आँखाले नै देख्न सकिन्छ।
– सूर्यबाट यो ग्रह ७७ करोड ८० लाख किलोमिटर छ।
– यसले सूर्यको चक्कर लगाउन झन्डै १२ वर्ष लगाउँछ।
– सूर्यको प्रकाश बृहस्पतिसम्म पुग्न ४३ मिनेट लाग्छ।
– यो ग्रहको केन्द्रको तापक्रम २४ हजार डिग्री सेल्सियस छ।
– सूर्यमा लगभग १ हजार बृहस्पति अटाउन सक्छन्।
– बृहस्पतिलाई हिन्दु देवताका गुरु पनि मानिन्छ।
– सौरमण्डलको पाँचौं ग्रह भएकाले यो ग्रहका नाउँमा साताको पाँचौं दिनको नाम ‘बृहस्पतिबार’ बिहीबार राखिएको हो।
(विभिन्न एजेन्सीको सहयोगमा)
प्रतिक्रिया दिनुहोस !
