कांग्रेस उदयपुरको सभापतिमा हिमाल कार्की विजयी

कांग्रेस उदयपुरको सभापतिमा हिमाल कार्की विजयी

उदयपुर : नेपाली कांग्रेस उदयपुरको जिल्लासभापतिमा संस्थापन (देउवा) पक्षका उमेदवार हिमाल कार्की विजयी भएका छन् । १४ औँ महाधिवेशनलाई लक्षित गरी भएको निर्वाचनमा कार्कीले प्रतिष्पर्धी विदुर बस्नेतलाई १७८ मतान्तरले विजयी भएका हुन् ।

मतपरिणाम अनुसार कार्कीले ७६७ मत र निकटतम प्रतिद्वन्द्वी विदुर बस्नेतले ५८९ मत प्राप्त गरे । बस्नेत निर्वतमान पार्टी सभापति हुन् भने कार्की १ नम्बर प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री एवम पूर्वजिल्ला सभापति हुन् ।

त्यसैगरी उपसभापतिमा कार्की समूहका भिमचन्द्र राईले ७४७ र बलबहादुर तामाङले ६५८ मत ल्याएर विजयी भए । त्यसैगरी सचिवमा मुरारी खडका र राजेशचन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । सहसचिवमा कार्की समूहका टिकाराम बुढाथोकी र चन्द्रदिप पौडेल विजयी भए । रोचक कुरा त कार्की र बस्नेतबीच १२ औं महाधिवेशनदेखि पार्टी सभापतिमा प्रतिस्पर्धा हुँदै आएको छ ।

१२ औँ महाधिवेशनमा कार्कीले बस्नेतलाई पछि पार्दै विजयी भएका थिए । त्यसपछि भएको १३ औं महाधिवेशनमा कार्कीलाई पराजित गर्दै बस्नेत जिल्ला सभापति भएका थिए। पार्टी विभाजनका क्रममा कार्की देउवा पक्षका जिल्ला सचिव् हुन् ।

दुबै पक्ष प्यानलगतरुपमा चुनावी मैदानमा उत्रिएका छन् । वडाबाटै विभाजित भएर जिल्ला तहसम्म आइपुग्दा जिल्लामा कार्की समूहको वर्चश्व रहेको छ । एक जिल्ला सदस्य नरेन्द्र थापा मात्रै बस्नेत समूहबाट विजयी भएका छन् ।

दुई निर्वाचन क्षेत्र रहेको उदयपुरमा क्षेत्रीय सभापति पनि कार्की प्यानलकै खग्रेन्द्र राई(काजी) र रामकुमार राई निर्वाचित भएका छन् । दुबै क्षेत्रमा महाधिवेशन प्रतिनिधिबाहेक देउवा पक्षको प्यानल नै विजयी भएको छ ।

८ गाउँपालिका र ८ नगरपालिका गरी १६ स्थानीय तह रहेको उदयपुरमा बेलका, चौदण्डिगढी, त्रियुगा नगरपालिका र लिम्चुङ्गबुङ्ग गाउँपालिकामा देउवा पक्ष र कटारी नगरपालिका र रौतामाई गाउँपालिकामा रामचन्द्र पौडेल निकट सभापतिहरु विजयी भएका छन् ।

ताप्लि र उदयपुरगढी गाउँपालिकामा सर्वसहमत नेतृत्व चयन भएकाले दुबै सभापति हालसम्म कुनै पक्षमा खुलेका छैनन् । त्यसैगरी ४ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको जिल्लामा ३ वटा देउवा पक्ष र १ वटा पौडेल पक्षबाट निर्वाचित भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.