जीप दुर्घटनाका घाइते र मृतकका परिवारलाई आर्थिक सहयोग

जीप दुर्घटनाका घाइते र मृतकका परिवारलाई आर्थिक सहयोग

बेनी : म्याग्दीको रघुगंगा गाउँपालिकाले जीप दुर्घटनाका घाइतेलाई उपचार र मृतकका परिवारलाई किरियाखर्च उपलब्ध गराउने भएको छ । रघुगंगा गाउँपालिका–१ बेगमा सोमबार साँझ जीप दुर्घटना हुँदा वडा सदस्यसहित चारजनाको मृत्यु र चारजना घाइते भएका थिए ।

घाइतेलाई जनही एक लाख रुपैयाँका दरले उपचार खर्च उपलब्ध गराउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए। मृतकका परिवारलाई किरिया खर्चका लागि पचास हजारका दरले उपलब्ध गराउने निर्णय भएको उनले बताए।  

बेनीदेखि बेगको सिम जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जीप औलामा दुर्घटना हुँदा बेगकी वडा सदस्य गौमाया बिक, चालक दुढबहादुर थापा, यात्रु खिमु पुन र खिमानन्द शर्माको मृत्यु भएको थियो । मृतक र घाइते सबै बेगका हुन् । ५४ वर्षीय बलबहादुर विक, २३ वर्षीय मनोज पुन, २० वर्षीय भिम फगामी र ३० वर्षीय ज्ञानबहादुर शेरपुञ्जालाई बेनी अस्पतालले मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरेको छ ।

प्रहरीका अनुसार जीप सडकदेखि करिब तीन सय मिटर तल खसेको थियो। मंगलबार बिहानै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक श्यामकुमार राइले बताए ।  यसैगरी रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिजा र प्रशासकीय अधिकृत अमृत सुबेदीले मंगलबार शोक विज्ञप्ति जारी गरेर मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरुको स्वास्थ्य लाभको कामना गरेका छन् । 

वडा सदस्यको निधन भएको शोकमा गाउँपालिका, शाखा र वडा कार्यालय तथा बेगका विद्यालय मंगलबारका लागि बन्द गरिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.