भारतीय मूलका अग्रवाल बने ट्वीटरका सीइओ

भारतीय मूलका अग्रवाल बने ट्वीटरका सीइओ

नयाँ दिल्लीः भारतीय मुलुका पराग अग्रवाल माइक्रो ब्लगिङ सामाजिक सञ्जाल ट्वीटरका मुख्य कार्यबाहक अधिकारी (सीइओ) बनेका छन्। सोमबार सीइओ ज्याक डोर्सीले ट्वीटरबाट राजीनामा दिने घोषणा गरेपछि अग्रवाल नयाँ सीइओ बनेका हुन्।

राजीनामा दिनुअघि डोर्सीले आगामी जिम्मेवारी अग्रवाललाई सुम्पिने घोषणासमेत गरेका थिए। स्टानफोर्डबाट पीएचडी हासिल गरेका ३७ वर्षीय अग्रवाल कम्प्युटर वैज्ञानिक हुन्। उनले चाडै नै आफ्नो जिम्मेवारी सम्हाल्ने बताइएको छ।

संसारका धनाढ्य एलन मस्कदेखि भारतीय उद्योगपति आनन्द महिन्द्रा लगायतले अग्रवाललाई बधाइ दिएका छन्। आइआइटी मुम्बईबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक गरेका अग्रवालले अमेरिकाको क्यालिफोर्नियास्थित स्टानफोर्ड युनिभसिर्टीबाट उच्च शिक्षा हासिल गरेका हुन्।

भारतका अन्य व्यक्तिले संसारका ठूल्ठूला टेक कम्पनीहरुमा आफ्नो नेतृत्व सम्हालिरहेका छन्। भारतीय मूलका गुगलका सीइओ सुन्दर पिचाइ, माइक्रोसफ्टका सीइओ सत्या नदिला, आइबीएमका सीइओ अर्विन्द कृष्ण, राजिव सुरी, निकेश आरोरा आदी संसारका ठूला टेक कम्पनीमा चर्चित नाम हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.