नेटफ्लिक्सले सय करोडमा किन्यो सूर्यवंशी
मुम्बई: भारतीय बक्स अफिसमा राम्रो व्यापार गर्न सफल रोहित सेट्टी निर्देशित फिल्म सूर्यवंशी नेटफ्लिक्समा सार्वजनिक भएको छ। नेटफ्लिक्सले डिजिटल राइटका लागि एक सय करोडमा किनेको भारतीय मिडियाले जनाएका छन्।
सूर्यवंशीले हालसम्म भारतमा मात्र करिब दुई सय करोडको व्यापार गरेको छ। कोरोना महामारीपछि करोड क्लबमा पुग्ने फिल्म पनि सूर्यवंशी नै रहेको छ। नेटफ्लिक्सले यसअघि ७५ करोडमा सम्झौता गरे पनि फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरेपछि फिल्मको मूल्य एक सय करोड पुर्याएको निर्माण टिमले जनाएको छ।
फिल्ममा अक्ष्य कुमार, अजय देवगन, रणवीर सिंह र कैट्रिना कैफले अभिनय गरेका छन्।