उदयपुरको त्रियुगा नगरपालिकाका ८ जना कर्मचारीमा देखियो कोरोना

उदयपुरको त्रियुगा नगरपालिकाका ८ जना कर्मचारीमा देखियो कोरोना

उदयपुर :  नेपालमा कोरोना भाइरस  संक्रमण दर घटिरहेको बेला उदयपुरमा भने पुनः संक्रमण  देखिन थालेको छ।  सोमबार त्रियुगा नगरपालिकाका ६ जना कर्मचारीमा एकै दिन कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै संक्रमणदर बढेको हो।

नगरपालिकाको स्वास्थ्य शाखाले गरेको एन्टिजेन परीक्षणमा प्राविधिक शाखाका इन्जिनियरसहित राजश्व शाखाका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाका निमित्त प्रमुख अवधनारायण चौधरीले जानकारी दिए ।

यसअघि नगरपालिकाका राजश्व र प्राविधिक शाखाका दुईजनामा संक्रमण देखिएको थियो । पछिल्लो दुईदिन यता नगरपालिकामा एक महिला कर्मचारीसहित ८ कर्मचारीमा कोरोना पुष्टि भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.