कांग्रेस सभापतिमा स्याङ्जाका गोपालमान र महामन्त्रीमा धनराजको आकांक्षा

कांग्रेस सभापतिमा स्याङ्जाका गोपालमान र महामन्त्रीमा धनराजको आकांक्षा

स्याङ्जा : नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटनको अघिल्लो दिनसम्म संस्थापनपक्ष र संस्थापनइतर पक्षले आ-आफ्ना प्यानलका उम्मेदवारका सूची सार्वजनिक गर्न नसकेका बेला केन्द्रीय समितिको महत्वपूर्ण पदमा स्याङ्जाका दुई प्रभावशाली नेताले आ-आफ्ना उम्मेदवारीको घोषणा सार्वजनिक गरेका छन्। स्याङ्जाका गोपालमान श्रेष्ठले केन्द्रीय सभापतिमा र धनराज गुरुङ केन्द्रीय महामन्त्री पदको आकांक्षा प्रकट गरेका हुन्।

नेपाली कांग्रेसको बलियो संगठन मानिएको स्याङ्जाका श्रेष्ठ र गुरुङ १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा निर्वाचित हुन्। निरंकुश शासन व्यवस्था विरुद्ध सशक्त आवाज उठाउँदै नागरिक स्वतन्त्रताका निम्ति विभिन्न चरणवद्ध आन्दोलनमा सहभागी बने गोपालमान श्रेष्ठ वि.सं २०१४ सालको भद्र अवज्ञादेखि राजनीतिक यात्रा सुरु गरेका श्रेष्ठ नेपाल विद्यार्थी संघदेखि राजनीतिक यात्रा सुरु गरेका श्रेष्ठ गण्डकी छात्र परिषद्को अध्यक्ष हुँदै स्याङ्जा कांग्रेस जिल्ला सभापतिदेखि केन्द्रीय कार्यवाहक सभापतिसम्म बन्न अवसर पाए।

उनी पूर्वउपसभापति र हाल केन्द्रीय सदस्य हुन्। नेपाली कांग्रेस विभाजनपछि प्रजातान्त्रिक कांग्रेस समर्थित उनी तत्कालिन सभापति शेरबहादुर देउवालाई शाही शासकले जेलमा राख्दा श्रेष्ठले नै निर्वाचन गराइ पुनः देउवालाई नै सभापति बनाएका थिए।

श्रेष्ठ ४ पटक (वन, वाणिज्य, भौतिक योजना तथा निर्माण, शिक्षा) मन्त्री र उपप्रधानमन्त्री बन्न सफल भए। जिल्लाको विकासमा समेत उनको योगदान उल्लेख्य छ। स्याङ्जा सदरमुकाममा जन्मथलो भएका उनी वालिङ्लाई राजनीतिको कर्मथलो बनाउँदै सोही निर्वाचन क्षेत्रबाट चुनाव लड्दै आएका छन्। वि.सं. २०४८ सालको संसदीय निर्वाचनमा तत्कालिन स्याङ्जाका ४ वटै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसलाई जिताउन उनी सफल रहे। त्यतिबेला श्रेष्ठ नेपाली कांग्रेसको जिल्ला सभापति थिए।

तत्लो तहदेखि माथिल्ला तहसम्म काम गर्ने अवसरले आफूलाई सभापति पदमा दावेदार रहेको श्रेष्ठको भनाइ छ। नेपाली कांग्रेसलाई बलियो बनाइ आउँदो निर्वाचनपछि मुलुकलाई कांग्रेसमय बनाउन र समावेशी प्रतिनिधित्वका लागि आफ्नो उम्मेदवारी रहेको केन्द्रीय सभापति पदका आकांक्षी श्रेष्ठको भनाइ छ।

यसैगरी, स्याङ्जाको खिलुङ् देउराली गाविस अर्थात् हालको भीरकोट नगरपालिकामा जन्मेका धनराज गुरुङले महामन्त्री पदमा उम्मेदवारी सार्वजनिक गरे। भीरकोटकै दहथुम माध्यमिक विद्यालयबाट राजनीति सुरु गरेका गुरुङ पनि हाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुन्। उनले दुई पटक केन्द्रीय सदस्य बन्ने अवसर पाए।

विद्यालय जीवनदेखि विद्यार्थी संघमा आवद्ध उनी नेपाल विद्यार्थी संघ पृथ्वी नारायण क्याम्पसको इकाइ सभापति, नेविसंघ केन्द्रीय सभापति, तरुण दलको केन्द्रीय सचिव हुँदै दुई पटकसम्म सांसद बने।

पहिलो र दोस्रो (२०६४ र २०७०) गरी दुई पटक नै संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट सांसद बनेका हुन्। प्रखर वक्ता गुरुङले केन्द्रीय समितिको महत्वपूर्ण पद महामन्त्रीमा आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै समग्र कांग्रेससहित युवा वर्गका हक, हित र अधिकारका पक्षमा काम गर्दै सबै कांग्रेसजनलाई गोलबद्ध गर्ने जनाए।

योसँगै कांग्रेसको केन्द्रीय सभापति, महामन्त्री र ५ सदस्यमा गरी स्याङ्जामा ७ जनाले आ-आफ्नो उम्मेदवारी घोषणा सार्वजनिक गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.