आरआरआर फिल्मबारे आलिया भट्टले राजको कुरा बताएपछि...

आरआरआर फिल्मबारे आलिया भट्टले राजको कुरा बताएपछि...

मुम्बई: बाहुबली फेम एसएस राजामौली निर्देशित आरआरआरको ट्रेलर सार्वजनिक भएको छ। मुम्बईमा भब्य समारोहको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो। फिल्ममा रामचरण, एनटी रामा, अजय देवगन, आलिया भट्टलगायतले अभिनय गरेका छन्।

ट्रेलर लञ्च कार्यक्रममा सबैको आकर्षण बनिन् अभिनेत्री आलिया भट्ट। उनी कसरी एसएस राजामौलीको फिल्ममा अभिनय गर्न पुगिन्? यसको उत्तर उनी आफैँले दिएकी छन्। कार्यक्रममा उनले फिल्ममा अभिनय गर्न आफैँले निर्देशक एसएस राजामौलीसँग माग गरेकी थिइन्। 

फिल्ममा उनको १५ मिनेटको अभिनय रहने बताइएको छ। तर एकदमै महत्पूर्ण भूमिका निर्वाह गरेको बताइन्छ। 'हैदरावाद एयरपोर्टमा राजामौली सरसँग भेटे भएको थियो। त्यतिबेला मैले उहाँसँग फिल्म गर्न चाहेको बताएकी थिएँ। त्यसका लागि म जे पनि गर्न तयार छु भनेकी थिएँ। उहाँको फिल्ममा सीताको भूमिका निर्वाह गर्ने अवसर पाएँ। यो भूमिका निर्वाह गर्न मैले पूरा एक वर्ष समय दिएँ,' समारोहमा आलियाले भनिन्।

फिल्म जनवरी ७ मा रिलिज हुँदैछ। सन् १९२० तिरको कथावस्तु फिल्ममा देखाइएको छ। जतिबेला ब्रिटिस सरकारको रजगज रहेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.