खानेपानी मुहानको हिउँ पन्छ्याउँदै नेपाली सेना

खानेपानी मुहानको हिउँ पन्छ्याउँदै नेपाली सेना

जोमसोम : गत कार्तिक २८ गते  मुस्ताङको धौलागिरि क्षेत्रको मानापाथी हिमालबाट खसेको भीषण हिमपहिरोले विगत एक महिनादेखि अवरुद्ध खानेपानी मुहानको हिउँ पन्छ्याउन जोमसोमस्थित बज्रदल गणको नेपाली सेनाको टोली जुटेको छ।

थासाङ गाउँपालिकाका वडाध्यक्ष नरप्रसाद हिराचनको पहलमा ब्रजदल गणको करिब ३२ जना नेपाली सेना र केही स्थानीयको सहभागीतामा मानीपाथी हिमालको फेंदमा पुगेर खानेपानी मुहान सरसफाइ सुरु गरिएको जनाइएको छ।

पहाडको फेंदमा अवस्थित खानेपानी मुहानको हिउँ पन्छ्याउन बज्रदल गण जोमसोमबाट आवश्यक इकुमेन्टसहित नेपाली सेनाको ३२ जनाको टोली आइतबार सो क्षेत्रमा पुगेको बज्रदल गणका सेना अधिकृत सुनिलकुमार पोखरेलले जानकारी दिए ।

समुन्द्री सतहदेखि ३ हजार ४० मिटर अग्लो उचाईमा अवस्थित पानीको मुहान क्षेत्र थासाङको नाउरिकोट गाउँदेखि करिब ३ किमी टाढा पर्ने उनले उल्लेख गरे ।‘ नाउरिकोटबाट हेर्दा सानो खोल्सा देखिने भएपनि त्यहाँ पुग्दा ठूलो गल्छी रहेछ, सेना अधिकृत पोखरेलले भने, ‘त्यहाँ पुगेर हिउँ पन्छ्याउन समेत जोखिम रहेछ,साँघुरो गल्छी भएकाले आलोपालो गरी मुहानको हिउँ पन्छ्याउन जुटेका छौं ।’

बज्रदल गणका सेना अधिकृत पोखरेलले निरन्तर मुहान सरसफाइ अभियानलाई तीब्रता दिएको र सोमबारसम्ममा अवरुद्ध पानीको मुहानमा थुप्रिएको हिउँको ढिस्को पन्छ्याएर पानीको निकास खोल्ने काम संक्ने जानकारी दिए।

उनले हिउँको करिब एक सय मिटर गहिराइमा पानीको आवाज सुनिएको र हिउँ पन्छ्याउन समय लाग्न सक्ने उल्लेख गरे । उनले मुहानदेखि करिब ३ मिटर माथिबाट हिउँको ढिस्को परेको बताए । ‘ पुरै ३२ जनाको टोली एकैसाथ रिलिज गर्ने ठाउ छैन, उनले भने, ‘यसैले सेनालाई आलोपालो गरेका छौं ।’

मानापाथी हिमालको फेंदमा अवस्थित पानीको मुहान अवरुद्ध हुँदा नाउरिकोट गाउँमा खानेपानी,सिचाई र ३ वटा पानी घट्टको नियमित काम ठप्प भएको उल्लेख गरे । यस्तै,थासाङका वडाध्यक्ष नरप्रसाद हिराचनले हिमपहिरोले खानेपानी अवरुद्ध हुँदा करिव ७० घर एक महिनादेखि प्रभावित बन्दै आईरहेको जानकारी दिए । उनले स्थानीय तहकै पहलमा सेनाको जनशक्तिले प्रभावित क्षेत्रमा मुहानको हिउँ पन्छ्याउने काम सुरुआत गरेको बताए ।

पानीको मुहान अवरुद्ध हुँदा स्थानीय किसान मर्कामा परेको उनले जनाए ।‘पानीको श्रोत नहुँदा नाउरिकोटका ३ वटा घट्टमा पिठो पिस्ने काम ठप्प भएको छ, खानेपानी लिन समेत १ किलोमिटर टाढा जानुपर्ने अवस्था आईपरेको  छ । वडाध्यक्ष हिराचनले सुनाए।’

हिउँदयामको मौसममा हिमालको हिउँ एकै ठाउँमा जमेर बस्नुपर्ने अवस्थामा सो क्षेत्रमा भिषण हिमपहिरो गएको थियो । २०४० को दशकमा पनि सो क्षेत्रमा हिमपहिरो जाँदा मानवीय क्षति हुनुको साथै थुप्रै याकचौरी पुरिएका थिए ।पछिल्लो पटक गएको हिमपहिरोले थासाङका १४ वटा याकचौरी पुरिएका थिए ।

हिमपहिरो जाँदा थासाङ-२ को जनआर्दश अमरसिंह मावि कोवाङमा भागदौड मच्चिएको थियो भने स्थानीय त्रसिद बनेका थिए । विद्यालयमा भागदौड हुदा ११ जना शिक्षक / विद्यार्थी घाइते भएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.