२४ केजी गाँजा बरामद

२४ केजी गाँजा बरामद

उदयपुर : उदयपुर प्रहरीले प्रतिवन्धित २४ किलो गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटीएको गस्तिटोलीले कटारी नगरपालिका ६ बैधनाथ खोला र तावा खोलाको दोभानमा वेवारिसे गाँजा नियन्त्रणमा लिएको हो ।

गाँजा कस्ले छोडेको र कहाँबाट ल्याएको हो भन्ने एकिन नभएकाले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

उदयपुरको ताप्लि गाउँपालिका गाँजा उत्पादनको उर्वर क्षेत्र मानिन्छ । बर्सेनि त्यस क्षेत्रमा प्रहरीले महिना दिन लगाएर गाँजा फडाँनी गर्दै आएको छ । सुरक्षा स्रोतका अनुसार ताप्लि गाउँपालिका आसपासकै क्षेत्रबाट गाँजा बिक्रीका लागि भारततर्फ लैजानेक्रममा प्रहरीलाई देखेपछि फालेर फरार भएको हुनसक्छ ।

ओख्लेबाट कटारीको बैद्यनाथ खोला हुँदै सिरहा प्रवेश गरी भारतीय सीमा क्षेत्रमा गाँजा पुर्‍याउने गरिन्छ । यो रुटमा प्रहरीको उपस्थिति कम हुने गरेकाकारण व्यापारीले भारीमा बोकाएर गाँजा निकासी गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.