मुस्ताङ अस्पतालमा नवौं तहका चिकित्सक

मुस्ताङ अस्पतालमा नवौं तहका चिकित्सक

जोमसोम : दुर्गम जिल्लाको रुपमा परिचित हिमाली जिल्ला मुस्ताङले नवौं तहका चिकित्सक पाउने पक्का भएको छ। मुस्ताङको जोमसोम अस्पतालका लागि पहिलोपटक एमडी उर्तीण नवौं तहका चिकित्सक खटाइँदै छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुस्ताङका लागि करारमा एमडी उर्तीण चिकित्सक खटाउने अन्तिम तयारी गरेको जनाइएको छ।  खटाइका चिकित्सकलाई दुई वर्ष अनिवार्य सेवा गर्नुपर्ने सम्झौतासहित मन्त्रालयले मुस्ताङ पठाउने तयारी गरेको हो।

संघीयतापछि अस्पतालमा न्यूनतम स्वास्थ्य उपकरण तथा पूर्वाधार फराकिलो बन्दै गए पनि दक्ष चिकित्सकीय सेवा नहुँदा मुस्ताङका सेवाग्राहीको महङ्गो शुल्क खर्चिएर जिल्ला बाहिर उपचार गर्नुपर्ने बाध्यता थियो। अस्पतालले भरपर्दो र विश्वसनीय चिकित्सकीय सेवाका लागि नवौं तहका चिकित्सक माग गर्दै मन्त्रालयमा पत्रचार गरेको थियो। 

ढिलै भए पनि मन्त्रालयले नेपाल सरकारबाट छात्रवृति प्राप्त नवौं तहका एमडी उर्तीण चिकित्सक  महोत्तरीका डा.कुन्दन कर्णलाई मुस्ताङमा खटाउन लागेको अस्पतालका निमित्त मेसु एकराज बस्नेतले जानकारी दिए।‘मुस्ताङमा नवौं तहका चिकित्सक आउँदै हुनुहुन्छ, उहाँलाई मन्त्रालयले पठाउन लागेको हो', उनले भने,‘उहाँ पुस १ गते मुस्ताङ आउँदै हुनुहुन्छ। त्यसपछि अस्पतालको नियमित सेवा फराकिलो बन्नेछ।’

मुस्ताङमा नवौं तहका चिकित्सक आउने भएपछि मुस्ताङका स्थानीय उत्साहित बनेका छौं। नवौं तहका चिकित्सक आएपछि भरपर्दौ स्वास्थ्य सुविधा पाउने उनीहरुको अपेक्षा छ। मुस्ताङ जिल्ला अस्पतालामा नेपाल सरकारबाट छात्रवृति प्राप्त करारका आठौं तहका चिकित्सक मार्फत सेवा दिइने गरिएको थियो। पछिल्लो समय करारका आठौं तहका चिकित्सक समेत थिएनन्। 

अहिले अस्पतालमा आठौं तहका करारका २ जना चिकित्सक छन्। नवौं तहका चिकित्सकको आगमनपछि सामान्य अप्रेसनको सुविधा अस्पतालले नै उपलब्ध गराउन सक्ने निमित्त मेसु बस्नेतले उल्लेख गरे। उनले हर्निया, प्रसुती लगायतका अप्रेसनको काम हुने बताए।

सरकारले छात्रवृति सेवा मार्फत चिकित्सक बनेकालाई दुई वर्ष करारमा अनिवार्य सेवा गर्नुपर्ने प्रावधान तोकेको छ। यसै क्रममा नवौं तहका चिकित्सक कुन्दन कर्णलाई पनि करारमा मुस्ताङ खटाइने भएको हो। मुस्ताङ जिल्ला अस्पतालमा आवश्यक श्रोत साधन उपलब्ध भए पनि नवौं तहका चिकित्सक नहुँदा अस्पतालमा रहेको आइसीयु र भेन्टिलेटर उपकरण स्टोरमै थन्किन पुगेको थियो। अस्पतालका अनुसार चालु वर्षका लागि गण्डकी प्रदेश सरकारले बिरामी अपरेशन थिएटरका लागि पूर्वाधार निर्माण गर्न ५० लाख बजेट बिनियोजन गरेको छ। कोरियन शैलीमा निर्माण हुने उक्त संरचना चाडै बन्ने निमित्त मेसु बस्नेतले जानकारी दिए।

मुस्ताङ जिल्ला अस्पतालमा एक जना स्थायी एमडी उर्तीण नवौं तहका चिकित्सकसहित कुल १८ जना स्वास्थ्यकर्मीको दरबन्दी छ। पछिल्लो समय आवश्यक स्वास्थ्य जनशक्तिको अभाव हुँदा सेवा प्रवाह खट्किएको थियो। अस्पतालमा आवश्यक जनशक्ति नहुँदा अस्पतालको नियमित सेवामा चुनौती थपिएको थियो। 

अस्पतालका लागि सरकारले एमडी उर्तीर्ण नवौं तहका चिकित्सकलाई अस्पताल हेर्ने मेडिकल सुपरिटेन्डनको कार्यभार तोकिएको थियो। तर हिमाली जिल्ला मुस्ताङमा नवौं तहका एमडी उर्तीण चिकित्सक आउन नसक्दा अस्पतालले आठौं तहका एमबिबिएस उर्तीण चिकित्सकलाई अस्पताल हेर्ने मेडिकल सुपरिटेन्डनको जिम्मावारी दिइएको थियो।प छिल्लो समय आठौं तहका स्थायी चिकित्सक समेत नहुँदा त्यसको जिम्मेवारी अस्पताल प्रशासनमा कार्यरत सूचना अधिकारी एकराज बस्नेतलाई दिइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.